BICITRA KHABAR

BICITRA KHABAR

यो उपराष्ट्रपति कार्यालय हो कि कवाडीखाना ? (फोटो फिचर सहित)

३ मंसिर, काठमाडौं । तस्वीरमा लेखिएको छ कोठा नं १३३ । ढोका सधैं बन्द छ । ढोकामा टाँसिएको तस्वीर कुनै चानचुने मान्छेको नभएर पूर्वराजा वीरेन्द्र, ऐश्वर्य र उहाँका परिवारजनको हो । तर, पूर्वराजाका तस्वीर अगाडि फूलमालाको साटो राखिएको छन्, कवाडी सामानहरु । तपाईलाई सुन्दा अनौठो लाग्न सक्छ, तर, बरियताको हिसावले राष्ट्रिपतिपछिको दोस्रो मानिने उपराष्ट्रपति परमानन्द झाको कार्यालयको गेटमा पुग्नेवित्तिकै सबैभन्दा पहिले देखिने दृश्य हो यो कोठा नं १३३ ।

गणतन्त्र नेपालमा उपराष्ट्रपतिजस्तो गरिमामय व्यक्तित्वको कार्यालयमा स्वदेशीमात्रै होइन, विदेशी पाहुना पनि जाने गर्छन् । तर, राष्ट्रको शोमा बस्ने कार्यालयको अघिल्तिर सजाइएका यस्ता कवाडी सामानहरुको खातले सिंगै देशलाई गिज्याइरहेको छ । उपराष्ट्रपतिको कार्यालय सफा गर्न नसक्नेहरुले यो देशलाई कसरी सफा र सुन्दर बनाउलान् ?

परमानन्दका गार्ड नीलकण्ठ उप्रेतीका गोठाला

उपराष्ट्रपति कार्यालयको गेटमा प्रायःजसो बा ६ च १४४५ नम्बरको सेतो गाडी तैनाथ राखिएको देखिन्छ । यो गाडी उपराष्ट्रपतिको नभएर प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको हो । उपराष्ट्रपति कार्यालयको ढोकामा बन्दुक बोकेर उभिने विचरा सुरक्षाकर्मीहरु कार्यालयको शोभाभन्दा पनि उप्रेतीको गाडी रुङ्न बसेका गोठाला जस्तै देखिन्छन् ।

उपराष्ट्रपति कार्यालयको कुनै शोभा छैन । सुरक्षा र सम्मानको दृष्टिले यो कार्यालयमा ठूलो लापरवाही देखिन्छ । राज्यले उपराष्ट्रलाईलाई कति सम्मान दिएको छ भन्ने कुरा त कार्यालयको ढोकैमा सजाइएका कवाडी सामानले नै स्पष्ट पारेकै छन् ।

जतिबेला उपराष्ट्रपति कार्यालयको ढोकाबाट उप्रेतीको गाडी हट्छ, त्यसपछि सो कार्यालयको गेटलाई निर्वाचन आयोगमा आउने-जाने व्यक्तिले गाडी कुदाउने राजमार्गका रुपमा प्रयोग गर्छन् । उपराष्ट्रपति कार्यालयको प्राङ्गण आयोगको गाडी पार्किङस्थल बनाइएको छ ।

स्मरण रहोस् निर्वाचन आयोग भवनको आधा भागमा उपराष्ट्रपतिलाई जुन कवाडी घरमा कार्यालय खडा गरेर राखिएको छ, यो घर राणाहरुले सयौं वर्ष पहिले बनाएका हुन् । गणतन्त्र आएपछि उपराष्ट्रपतिलाई राणाको घरमा राखिए पनि अर्काले बनाएदिएको घरलाईसमेत सफा बनाउन र इज्जत जोगाउन सकेन गणतन्त्रले ।

source : onlinekhabar.com

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More