(एजेन्सी) बलिवुडका निर्देशक होमी अडजानियाले बिहिबार आफ्नो आउँदो चलचित्र ‘फाइन्डिङ्ग फैनी’ को शुटिङ सकिएको खुशियालीमा एउटा पार्टी आयोजना गरेका थिए । उक्त पार्टीमा चलचित्रकी मुख्य नायिका दीपिका पादुकोणसहित बलिवुडका अन्य कलाकारहरुको उपस्थिति थियो । होमीले नै दीपिका र सैफअलि खान अभिनित चलचित्र ककटेलको निर्देशन गरेका थिए ।
दीपिका पनि यो पार्टीमा निकै राम्री भएर आएकी थिइन् तर सायद कसैले पनि सोचेका थिएनन् कि उनले यो पार्टीबाट मुड खराब गरेर जानुपर्छ भनेर । आखिर किन भयो त दीपिकाको मुड खराब ?
यो कुराको खुलासा पार्टीमा उपस्थित एक पाहुनाले गरे । उनले बताए, ‘आयोजक भएकाले होमी पार्टी स्थलमा निकै चाँडै आइपुगेका थिए । त्यहाँ पुग्ने बित्तिकैदेखि होमीले रक्सी पिउन थालेका थिए । जब त्यहाँ अन्य कलाकारहरु आउन थाले होमी निकै मात्तिसकेका थिए । दीपकालाई रिसिभ गर्न पनि उनी यसरी मात्तेकै अवस्थामा गेटसम्म पुगे ।’ उनी भन्छन्, ‘त्यतिबेला दीपिका निकै राम्री देखिएकी थिइन् र उनलाई देख्ने बित्तिकै होमीले किस गर्न थाले । त्यतिबेला धेरै क्यामेराहरुले यो तस्विर कैद गर्दै थिए । यसले दीपिकाले निकै असहज महसुस गरिरहेकी थिइन् । भिड धेरै भएकोले उनले त्यहाँ त्यति धेरै प्रतिक्रिया देखाइनन् ।’
त्यस पार्टीमा उपस्थित अन्य सुत्रका अनुसार दीपिका होमीको यो व्यवहारबाट निकै रिसाएकी थिइन् । उनी पार्टी अवधिभर होमीबाट टाढा बस्न खोजेकी थिइन् । तर रक्सीको नसामा रहेका होमी उनलाई छोड्ने पक्षमा नै देखिएका थिएनन् ।
source : ratopati.com