BICITRA KHABAR

BICITRA KHABAR

चीनद्वारा विवादित टापुको रक्षाका लागी युद्धक विमान तैनाथ

काठमाडौं, मंसिर १४, चीनले आफ्नो नियन्त्रणमा रहेको भन्दै हालै मात्र घोषणा गरेको हवाई रक्षा क्षेत्रमा युद्धक विमानहरुको तैनाथी गरेको छ । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाको एक समाचार अनुसार एअर फोर्सका प्रवत्ता कर्णेल शेन जिन्केलाई उदृत गर्दै भनिएको छ कि फाइटर जेट र खतराको सूचना दिने एअर क्राफ्टहरु उक्त विवादित क्षेत्रमा पठाइएको छ ।
चिनले प्रत्याक्रमणका सबैखाले आकस्मिक उपायहरु अवलम्बन गरिने पनि प्रष्ट गरेको छ । बीबीसीले भने चीनले दावी गरेको उक्त क्षेत्रमा जापान, दक्षिण कोरिया र अमेरिकासमेतले अघोषित रुपमा जहाज उडाएपछि पूर्वी चिनियाँ सामुन्द्रिक क्षेत्र तनावमा फसेको हो । बिहिबार मात्र जापानी सरकारका प्रवक्ताले आफ्ना जहाजले नियमित निगरानी अन्तर्गत पूर्वी चिनियाँ समुन्द्रिक क्षेत्रमा जहाज उडाएको जनाएका थिए । दक्षिण कोरियाको रक्षा मन्त्रालयले पनि उक्त क्षेत्रमा उडान भरेको जनाएको थियो । जापानीहरूले ‘सेन्काकु’ र चिनियाँहरूले ‘दिआया’ भनिने उक्त विवादित टापु क्षेत्रलाई चीन, जापान, दक्षिण कोरिया र ताइवानले आ–आफ्नो भएको दाबी गर्दै आएका छन् ।

source : medianp

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More