११ मंसिर, काठमाडौं । विद्युत उत्पादनका लागि अनुमति पाऊँ भनी यस वर्ष ३८ वटा प्रवर्द्धकले विद्युत् विकास विभागमा निवेदन दिएका छन् । सर्वेक्षणको काम सम्पन्न गरी निर्माणको तयारीमा रहेका प्रवर्द्धकले निवेदन दिएका हुन ।विद्युत विकास विभागका सूचना अधिकृत गोकर्णराज पन्थले दिनुभएको जानकारीअनुसार यस वर्ष मात्र ३८ वटा प्रवर्द्धकले अनुमति पाऊँ भनी निवेदन दिएका छन्।विभागमा पछिल्लो पटकमात्र दिव्यज्योति हाइड्रो पावरले मस्र्याङ्दी बेसी हाइड्रो पावर लजलविद्युत आयोजना निर्माण गर्न अनुमति पाऊँ भनी निवेदन दिएको छ । सो आयोजनाको क्षमता ५० मेगावाट रहेको छ ।त्यसैगरि, मध्य सुनकोसी ३.४ मेगावाट क्षमताको आयोजना निर्माणका लागि अनुमति पाऊँ भनी लामा हाइड्रो पावरले निवेदन दिएको छ । त्यस्तै, माथिल्लो म्याग्दी २० मेगावाट क्षमताको आयोजना निर्माणका लागि अनुमति पाउ“m भनी हाइड्रो इम्पाएरले अनुमति मागेको सूचना अधिकृत पन्थले जानकारी दिनुभयो । हालसम्म यसरी अनुमति माग्नेको सङ्ख्या ८२ रहेको छ । त्यसको क्षमता ४ हजार ३ सय २३ मेगावाट रहेको छ ।‘निर्माणका लागि अनुमति पाउ’ भनी विभागमा निवेदन दिएका प्रवर्द्धकबाटै छनोट गरेर नै निर्माणको अनुमति दिइन्छ । त्यसमा लागतको विश्वसनीयता र प्राविधिक तयारीलाई पनि हेरिन्छ”- सूचना अधिकृत पन्थले भन्नुभयो ।विभागले वायु ऊर्जा उत्पादनका लागि सर्वेक्षणको अनुमति लिएको नेपाल इन्टरनेसनल रिन्युएबल पावर कम्पनीले कुनै पनि प्रक्रिया अगाडि नबढाएको विभागको भनाइ छ । कुल पाँच मेगावाट क्षमताको वायु ऊर्जा दोलखाको जिरीमा उत्पादन गर्ने लक्ष्य सो कम्पनीले राखे पनि हालसम्म कुनै पनि काम नगरेको बताइन्छ । रासस