संविधान सभाको दोश्रो निर्वाचनमा नेपाली सिनेमा तथा सांगीतिक क्षेत्रका कलाकारहरुको पनि उत्साहजनक सहभागिता देखिएको छ । मतदाता नामाबलीमा नाम भएका अधिकांश कलाकारहरुले मतदान गरेको जनाएका छन् ।यसैबिच काठमाण्डौ क्षेत्र नम्बर ३ की मतदाता नायिका केकी अधिकारीले भोट पनि नहाल्ने अनि पछि यस्तो भएन र उस्तो भएन भनेर बन्द गर्ने अधिकारी हामी कसैलाई नभएको बताएकी छिन् । संविधान सभाको निर्वाचनमा उत्साहित देखिएकी केकीले सबैले अनिवार्य भोट गर्नुपर्ने भन्दै स्वतन्त्र रुपमा भोट गर्न आग्रह पनि गरेकी छिन् ।आफूलाई यस्तो भन्न चुनावी अधिकृतले नलगाएको समेत उल्लेख गर्दै केकीले मतदान गरेर देशको विकास भएन भने पनि आफूले त सहि व्यक्तिलाई भोट हालेको भन्न पाउने तर्क गरेकी छिन् । नायिका केकी अधिकारी र करिश्मा मानन्धर काठमाण्डौ क्षेत्र नम्बर ३ का मतदाता हुन् ।यसैबिच गायक राजेश पायल राई र गायिका आस्था रावतले पनि मतदान गरेको जानकारी गराएका छन् । निक्कै शान्तीपूवर्क मतदान गरेको उनीहरुको तर्क छ ।