BICITRA KHABAR

BICITRA KHABAR

दोस्रो विश्वयुद्धको घाउ : डिनाको मनले अझै पाएन शान्ति

मैले लामो समय इजरायल बसाईका क्रममा देखेका केही अनुभव यहाँ उल्लेख गर्दैछु । जब म इजरायल आएँ, विस्तारै ईजरायलमा धेरै मानिसहरुसँग चिनजान बढ्दै गयो । दोस्रो विश्वयुद्धपछि धेरै देशका यहुदीहरु आएर ईजरायलमा स्थापित भएका रहेछन् । मैले केयर सेन्टरमा काम गर्ने भएकाले धेरै ज्येष्ठ नागरिकसँग भेट भयो । उनीहरुले जीवनकालमा विभिन्न देशमा भोगेका अनुभवहरु मसँग सेयर गर्दथे । उनीहरुले जीवनभरि भोगेका कुराहरु सविस्तार मलाई बताउँदै जाँदा एक किसिमको आनन्दको अनुभूति हुन्थ्यो ।
 लेखक
यद्यपी उनीहरुले भोगेका पीडा सुन्दा कता कता आफ्नो पनि आङ्ग सिरिङ्ग हुन्थ्यो । फरक फरक देशबाट आएका व्यक्तिहरुले फरक फरक किसिमको अनुभवहरु बताईरहदा मलाई तमाम नया कुराहरु जान्ने अवसर त छदै थियो, त्यसका साथै सजीव ईतिहास आफ्नो अगाडी छर्लङ्ग भएर पोखिएको हो कि भन्ने पनि लाग्थ्यो । म पनि निकै रुची राखेर सोधी रहन्थे । मलाई सधै बृद्ध बृद्धाको क्लब जानु पथ्र्यो । आफूमा नम्र स्वभाव भएकोले होला मैल धेरै व्येष्ठ नागरिकहरुसँग चाँडै जिनजान गर्ने अवसर पनि पाए । मेरो त्यो रोजगारी पनि थियो ।
एकातर्फ बिहान सधै क्लब जानु पर्दा मलाई ईतिहास सिक्ने मौका मिल्थ्यो भने अर्को तर्फ म आफ्नो बाल्यकाल सम्झदा भावविह्ल पनि हुन्थे । सानोमा स्कुल गएको सम्झना आउथ्यो । क्लबमा पनि हरेक पिरियड छुटदा अर्को पिरियड सुरु हुन्थ्यो, जसले मलाई बाल्यकालमा स्कुल गएको सम्झना ताजा पनि गर्दथ्यो । हरेक साता क्लबाटै धेरै ठाउँ घुम्न जानु पर्दा अझ रमाईलो हुन्थ्यो, त्यसले मलाई स्कुले जीवनमा बनभोज गएको याद पनि दिलाउथ्यो । त्यसै बेला डिना नामकी एक बृद्ध आमालाई केयर गर्ने मौका मिल्यो । डिनासँग मेरो करिब दुई वर्षको बसाइ भयो । उनी दोस्रो विश्वयुद्धको प्रत्यक्ष अनुभवी थिईन । डिनाका सात दाजुभाइ दिदीबहिनी रहेछन् । सन् १९३७ तिरको कुरा हो, जब जर्मनमा जातीय तथा धार्मिक द्वन्द्व भयो अनी यहुदीहरु मार्नको लागि हिट्लरले आफ्ना सैनिकहरु परिचालन ग¥यो , त्यसबेला डिनाको उमेर १३ वर्षको मात्र रहेछ । डिना ८ क्लासमा पढ्दै रहिछन, एक दिन राती गाडीमा आएका जर्मन सैनिकहरुले डिनाको आँखा अगाडी सबै परिवारलाई विभत्स हत्या गरेर डिनालाई मात्र बाकी राखेछन । अनी सैनिकहरुले जबर्जस्त डीनालाई लिएर गएछन । द्वन्द्व करिब सात वर्ष लगातार चल्यो । ६0 लाख यहुदीहरुको विभत्स हत्या भयो । डिनाले सधै म सँग गहभरी आसु पारेर त्यो द्वन्द्व अवधिभर भएका कहाली लाग्दा र तिता अनुभव सुनाई रहन्थिन । म भावुक बनेर सुनिरहन्थे । उनले सविस्तार बताई रहदा आफैले पनि त्यो द्वन्द्व भोगी रहेको छु की भन्ने भान पनि हुन्थ्यो । जब डिनालाई जर्मन सैनिकले साथमा लगेर गए, त्यसपछि सैनिकले जे जे भने त्यो मान्नु पर्दथ्यो रे । उनीहरुले यौन शोषणदेखि श्रम शोषणसम्मका सबै शोषणहरु खेप्नु पर्दथ्यो । दिनमा दुई पिस पाउरोटी मात्रै दिएर दिनभरी काममा लगाईदो रहेछ । धेरै पटक काम गर्न नसक्दा डिनाले पटक पटक त कोर्रा खाएर बसेकी थिईन । अहिले पनि डिनाको शरीरमा त्यसबेला खाएका कोर्राहरुका निलडाम देखिन्छन । उनका निलडाम हेर्दा सधै आफ्नो आङ पनि सिरिङ्ग सिरिङ्ग हुन्थ्यो । कयौ दिनहरु भोक भोकै बसेर शोषणमा परेको उनले बताउँथिन् । डिनाका आँखा अगाडी परिवारको बिभत्स हत्या भएको र जर्मन सैनिकको शोषणमा परेका डिनाका ७ वर्षका कथाहरु यहाँ उल्लेख गर्न चाहेर पनि उल्लेख गर्न सकिन्न । डिना हरेक दिन रुन्थिन मलाई तिता कथाहरु बताइरहन्थिन । आफन्तको वियोगमा उनले तडपिएर आँखामा आँसु बगाईरहँदा कता कता नेपालमा चलेको सशस्त्रद्वन्द्वले १५ हजार नेपालीको हत्या भएको घटना स्मरण गराउँथ्यो । उनी भन्थिन्, ‘मैले जति बिर्सन खोज्दा पनि बिर्सन सक्दिन, आज युद्ध ईतिहास बनेको छ तर मनमा शान्ति मिलेको छैन ।’
शान्ति भएको ६५ वर्र्ष भन्दा बढी भइसक्यो, तर पनि डिनाका ति युद्धका घाऊहरु अझै ताजा छन् । डिना त युद्धकी एक प्रतिनिधि मात्र हुन् डिना जस्ता अनगिन्ती मानिसले अहिले पनि त्यो पीडा बिर्सन सकेका छैनन । त्यस बेला केहि यहुदीहरु जमिनमुनि सुरुङ खनेर सुरुङमै बसेर ज्यान जोगाउन सफल भएका रहेछन् । कयौ यहुदीहरुलाई महिनौ बन्दी बनाई भोकभोकै सुकेको लौरो जस्तो पारेर मारेका रहेछन् । कयौ यहुदीहरु भागेर विभिन्न दशमा विस्थापित भएका रहेछन , लाखौको संख्यामा यहुदीहरु मारिए, चरम हत्या भएको रहेछ । नेपालमा एउटा युद्धले १५ हजारको ज्यान लिएको छ । फेरि जातीय द्वन्द्व अघि सारेर नेताहरु देशमा भयाभव संकटको दिशातिर अघि बढ्न खोजिरहेका छन् । यदि हामीले संसारका कयौ पाठहरु सिक्दै समुन्नत नेपालको परिकल्पना गर्ने हो भने संसारकै सुन्दर अनि सानो मुलुकले आगामी केही वर्षमै धेरै प्रगति गर्न सक्छ । तर बिडम्बना मानिसको रगतमा होली खेल्न रमाउनेहरुले सहजै देशलाई शान्तिपूर्ण ढंगले अगाडि बढ्न कहाँ देलान् र ?

source : dhartiaawaj.com

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More