काठमाडौं, मंसिर १२ । हेइटीबाट अमेरिका तर्फ लागेको पानी जहाज बहामास सामुद्रिक तटमा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । करीब १ सय ४० आप्राबासी सहितको डुंगा हेइटीबाट अमेरिका जाने क्रममा दुर्घटना भएको हो । क्षमता भन्दा बढी यात्रु रहकै कारण दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा परेका १ सय १० जनालाई भने उद्धार गरिएको छ ।
यही समुद्री तटमा सन् २०११ को डिसेम्बरमा क्युबाका आप्राबासी लिएर आएको पानी जहाज डुब्दा ३८ जनाको मारिएका थिए भने सन् २००९ मा हेइटीकै आप्राबासी लिएर आएको डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ७० जनाको अवस्था अझै अज्ञात छ ।
source : imagechannaels.com