चीनको एक अस्पतालमा मृत घोषित एक बच्चा दुई दिनपछि बोलेपछि उपचार गर्ने डाक्टर फसादमा परेका छन् । डाक्टरले बच्चालाई मृत घोषित गरेको दुई दिनपछि अन्तिम संस्कारका लागि तयारी गर्दै गर्दा बच्चा रोएको हो ।
गत हप्ता सोमबार हेफेईमा रहेको अन्तिम संस्कार स्थलमा बच्चालाई पुर्नै लाग्दा बच्चा रोएको आवाज मलामीले सुनेका थिए । यो घटनापछि प्रशासनले अस्पतालका डाक्टरविरुद्ध कारबाही सुरु गरेको छ । अस्पतालले गल्ती गर्ने डाक्टर पत्ता लागिसकेको बताएको छ । उनको लाइसेन्स पनि खारेज गरिसकेको छ । मृत घोषित बच्चाको अवस्था अहिले पनि गम्भीर छ । जन्मँदै श्वासप्रश्वाससम्बन्धी रोग लागेको उक्त बच्चालाई प्रोभेन्सिलय बाल अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि एक डाक्टरले बच्चालाई मृत घोषित गरेका थिए ।