BICITRA KHABAR

BICITRA KHABAR

नेपाली कोदोको रक्सी जापानी बजारमा बिक्रि सुरु


टोक्यो । नेपाली कोदोबाट जापानमा उत्पादित रक्सी जापानी बजारमा बिक्रि बितरण सुरु भएको छ । बिगत डेढ दशकदेखि जापानी बजारमा नेपाली अन्य बिदेशी उपभोग्य सामानको आयात गरी बिक्रि बितरण गर्दै आएको मयुर कर्पोरेसनको उत्पादनमा नेपाली कोदोको रक्सी जापानी बजारमा बिक्रि सुरु भएको हो ।नेपालमा औषधी तथा धार्मिक कार्यमा समेत प्रयोग गरिने कोदोको रक्सी बिश्वका उत्कृष्ट ५० पेय पदार्थको सूचीमा समेत परेको छ । जापानमा पहिलोपटक रक्सी उत्पादन गरी बिक्रि बितरण सुरु गरिएको मयुर कर्पोरेसनका प्रबन्ध निर्देशक अरुणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।प्राचिन मल्लकालिन राजा र दरवारियाहरुले रक्सी राख्ने भााडोका रुपमा प्रयोग गर्ने करुवा र कोदोको बालासहितको लेवल आर्कषक देखिन्छ भने भित्रीभागसमेत देखिने पारदर्शी ग्लास बोटलले यसलाई झनै आर्कषक बनाएको छ ।उत्पादक कम्पनीले जनाएअनुसार बोटलमा ७५० एमएल रक्सी राखिएको छ भने ३८ प्रतिशत अल्कोहल रहेको छ । बिश्व बजारमै नेपाली अल्कोहलमिश्रति पेय पदार्थका रुपमा चिनारी दिने उदेश्यले जापानमै प्लान्ट स्थापना गरी उत्पादन थालिएको प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More