मंसिर १४, बलिउडकी हट अभिनेत्री शर्लिन चोपडा यतिबेला कामुक फिल्म ‘कामसूत्र थ्रीडी’ का कारण निकै चर्चामा छिन् । हालै मात्र यस फिल्मको अढाई मिनेटको ट्रेलर रिलिज गरिएको छ ।यस फिल्मको ट्रेलरमा शर्लिन निकै कामुक अन्दाजमा प्रस्तुत भएकि छन । शर्लिन आफ्नो यो फिल्मबाट आफ्ना प्रसंशकलाई खुसी पार्ने मुडमा रहेकी छिन् । त्यसैले शर्लिनले यो फिल्मबाट ठुलै अपेक्षा गरेकी छन् ।मीरा नायरको चलचित्रमा जहाँ रेखा कामसूत्र कलाका बारेमा मानिसहरुलाई जानकारी दिँदै देखा परेकी थिइन् त्यही यसपटक शर्लिन स्वयम सेक्स पोजिसनका बारेमा आम दर्शकलाई अवगत गराउँदै देखा पर्ने भएकी हुन् ।
यी शर्लिन पहिलोपटक यसप्रकारको भारतीय मोडल हुन् जसले वयस्कहरूको म्यागेजिन प्लेब्वाइका लागी नग्न तस्वीर खिचाएकी थिइन् ।शर्लिनका अनुसार नाङ्गो हुनु या कामसूत्र जस्ता फिल्ममा काम गर्नु कुनै अश्लिलता होइन । बरु हेर्नेको नजरमा निर्भर रहन्छ कि हेर्नेले कुन कुरालाई कसरी लियो । शर्लिनले यो फिल्ममा कामदेवीको भूमिका निर्वाह गरेकी छन् ।अब यस फिल्म प्रदर्शन पछि शार्लिनको चर्चा कहाँसम्म पुग्ने हो त्यसका लागी भने केही समय कुर्नेपर्ला ।
एजेन्सी





