दमस्कस, मंसिर ११ । सिरियामा राष्ट्रपति बशार अल असादको शासन विरुद्धको संघर्षका क्रममा हजारौं महिला बलात्कृत भएको रिपोर्ट सार्वजनिक भएको छ ।
द युरोपियन मेडिटेरानियअन ह्युमन राईटस् नेटवर्क नामक संस्थाका अनुसार सन् २०११ को मार्च यताको संर्घषका कारण सरकारी सेना र सशस्त्र समूहबाट करिब ६ हजार महिला बलात्कारको शिकार भएका बीबीसीले जनाएको छ ।यस्ता बलात्कृत महिलाहरुलाई समाजले कलंकका रुपमा हेर्ने र उनीहरुलाई घरबाट समेत निकालिदिने गरिएको रिपोर्टमा उल्लेख छ । संस्थाका अनुसार युद्धको समयमा महिला र उनीहरुका छोराछोरीलाई मानव ढालका रुपमा समेत प्रयोग गरिएको छ ।यस्तै, आफ्ना पक्षकालाई छुटाउन महिलाहरुको अपहरण गरिने अपराधको प्रकृति अनुसार महिलाहरु बदला दिइने माध्यम समेत महिलालाई बनाइने गरिएको जनाइएको छ ।सिरियामा गृहयुद्धका कारण १ लाख मानिस मारिएको र २० लाख मानिसले शरणार्थीका रुपमा मुलुक छाडेको अनुमान छ ।
source : imagechannels.com