BICITRA KHABAR

BICITRA KHABAR

रुपन्देहीमा एसएमएस आतंक


मनोरञ्जन शर्मा-भैरहवा,३ मंसिर । रुपन्देहीमा संबिधान सभाको निर्बाचनको एक दिन अघि एसएमएस आतंक सुरु भएको छ । एसएमएस आतंक बाट पिडीत  अन्तत जनतानै बनेका छन् ।सोमबार दिन भर जसो रुपन्देहीमा रहेका प्राय धेरैका मोबाईलमा एसएमएस मार्फत भोट मागी रहेका छन् ।निर्बाचन आचार संहिताले कुनै पनि किसीमको प्रचार प्रसार तथा कुनै पनि माध्यमबाट मतदाता संग मत माग्ने समय शनिबार राती १२ बजे सम्म थियो । शनिबार राती १२ बजे पछी भने कुनै पनि किसीमको प्रचार प्रसार र मतदाता संग मत माग्न नपाईने गरी सुन्य समय लागु भएको छ ।सुन्य समय लागु भएको समय पछी निर्बाचनको मतदान नसकिदा सम्म कुनै किसीमको प्रचार र मतमाग्न पाईदैन् । तर मुलुककै ध्यान केन्द्रित भएको रुपन्देहीको क्षेत्र ४ मा  सुन्य समयमा धमाधम एसएमएस मार्फत मत माग्ने काम भइरहेका छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More