BICITRA KHABAR

BICITRA KHABAR

आजको पञ्चाङ्ग र राशीफल | २०७० कार्तिक २९ गते शुक्रबार,| 15 Nov 2013

आजको पञ्चाङ्ग

आज मिति २०७० साल कार्तिक २९ गते शुक्रबार, तदनुसार नवम्वर १५ सन् २०१३, श्रीशाके १९३५, नेपाल संवत् ११३४, पराभवनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ । चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज र्तिकशुक्लपक्षको त्रयोदशी तिथि ३२ घटि १४ पला अर्थात राति ७ बजेर १९ मिनेटसम्म त्यसउप्रान्त चतुर्दशी तिथि लाग्नेछ । आज सूर्य तुला राशिमा रहेको छ भने चन्द्रमा मीन राशिमा १० घटि १७ पला अर्थात बिहानमा १० बजेर ३२ मिनेटसम्म त्यसउप्रान्त मेष राशिमा प्रवेश गर्नछ । आज दिनमान २६ घटि ५१ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर २६ मिनेटमा विभिषण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ०९ बजे हुनेछ ।
आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मानसिक पीडा थपिने, आम्दानीमा गिरावट हुनेछ, साथीभाईसँग मनमुटाव, शत्रुहरु सक्रिय हुनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आम्दानीमा वृद्धि, आफ्नै पेशाप्रति असन्तुष्टि, मिष्ठान्न भोजन प्राप्ति, हराएको बस्तु फेला पर्ने सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आफन्तले कुरा काट्नेछन्, आटेको कार्य अधुरा, नयाँ कार्यमा लगानी गर्ने योजना विफल हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

गरेको प्रयास अर्थहिन, नकरात्मक सोचाइ बढ्ने, पारिवारिक कलहमा वृद्धि हुनेछ सर्तक रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

धन हराउन सक्ने, स्वास्थ्यमा गडबढी, प्रेममा धोका हुन सक्ने दिन खराब छ सर्तक हुनुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आदरसत्कार पाइने, पारिवारिक सहयोग मिल्ने, नयाँ क्षेत्रमा  लगानी गर्दा मनग्य आम्दानी हुनेछ दिन शुभ छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

टाढाबाट धन प्राप्ति, सामाजिक क्षेत्रबाट सम्मान, राजनैतिक सक्रियता बढ्नेछ समय राम्रो छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आफ्नै मान्छेबाट धोका, यात्रामा सावधानी अपनाउनु पर्ने, दिन खराब रहनेछन्, जोगिनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मानसिक शान्ति मल्ने, नयाँ ठाउँको भ्रमण, आफ्नै पेशाप्रति सन्तुष्टि, सबै काम सजिलै सम्पन्न हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

नयाँ ठाँउमा जाँदा आदरसत्कार पाइने, नयाँ क्षेत्रमा गरेको लगानीबाट मनग्य आम्दानी, दिन अत्यन्त राम्रो छ  ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

छोराछोरीबीच विवाद दिर्घरोग देखा पर्ने, दिन अत्यन्तै नराम्रो छ, सर्तक सर्तक हुनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पढाईमा लगनशीलता, धार्मिक क्रियाशीलता बढ्ने,राजनैतिक क्षेत्रमा सफलता, टाढाको मित्र सँग भेटघाट ।

आजको साइत:

आज मशान्तिको दिन परेकाले कुनैपनि दिशाको यात्रा नगर्नुहोला ।

आजको शुभ, लाभ र अमृत बेला:
आज २०७० साल कार्तिक २९ गते शुक्रबार बिहान ६:२६ बजेदेखि ७:५६ बजेसम्म चर बेला, बहानमा ७:५६ बजेदेखि ९:२६ सम्म लाभ बेला, बिहानमा ९:२६ बजेदेखि १०:५६ बजेसम्म अमृत बेला, बिहानमा १०:५६ बजेदेखि १२:२६ बजेसम्म काल बेला, बिहान १२:२६ बजेदेखि दिनमा १:५६ बजेसम्म शुभ बेला, दिनमा १:५६ बजेदेखि ३:२६ बजेसम्म रोग दिनमा ३:२६ बजेदेखि ४:५६ बजेसम्म उद्वेग साँझ ४:५६ बजेदेखि ६:२६ बजेसम्म चर बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय:

बिहानमा १०:३० बजेदेखि १२:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

राशिफल भिडियो मा हेर्नको लागि तलको बक्स मा क्लिक गर्नुहोला

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More