BICITRA KHABAR

BICITRA KHABAR

६ हजार रुपैया तिर्नुस,यी नानीसंग अंगालो मार्नुस..(तस्विर सहित)

दंग नपर्नु होला, आजकल पैसा तिर अंगालो मार्ने दिन पनि आइसकेका छन्।यदी अंग्रेजीमा हग भनिने अंगालो मार्ने सोख राख्नु हुन्छ भने यो समाचार तपाईकै लागि हो।अमेरिकाको ओरिगन राज्यको पोर्टल्याण्डमा एक महिलाले अंगालो मार्ने पेशा नै गरेकी छिन् ।२९ वर्षिय समान्था हेसले आफूलाइ व्यवसायिक अंगालो मार्ने व्यक्तिको रुपमा चिनाउँछिन्।

उनले जोकोहीलाइ अंगालो मारेको मात्र प्रतिघण्टा करिब ६ हजार नेपाली रुपैया लिने गरेकी छिन्।यो अचम्मको काम प्रति प्रतिक्रिया दिँदै समान्था भन्छिन्- अंगालो मार्न पनि खुबि चाहिन्छ।अंगालो मार्दा मानिस अनुसार विचार गर्नु पर्छ-उनको भनाइ छ।

अंगालो भन्दा बढि चाहने ग्राहकलाइ भने पहिल्यै सम्झाउने गरेकी छिन्। उनले आफ्ना ग्राहकलाइ छूने भन्दा बढी क्रियाकलाप गर्न नपाइनेमा सहमत गराउँछन् तब मात्र उनि अंगालो मार्ने सहमत हुन्छिन्।यसका अलवामा उनले आफ्ना सवै ग्राहकको तथ्याङक राख्छिन्। उनले अंगालो मार्ने क्रममा मुड बनाउनका लागी गीत बजाउने गरेकी छिन्। 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More