BICITRA KHABAR

BICITRA KHABAR

Today Rasifal - February 29th, 2014 (Nepali Date: Fagun 15, 2070 )


नाई नभन्नु ल २’ : मर्ने कसैलाई रहर हुँदैन


हलिउड हिरोले भने, ‘नेपालको वातावरणमा सघाउन सहयोग गर्नोस्’ (भिडियो)

स्पाइडरम्यानका रुपमा चर्चित हलिउड नायक एन्ड्रिउ गारफिल्डले एक भिडियो सन्देश मार्फत नेपाली वातावरण संरक्षणमा आफूले चाल्न लागेको कदममा सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।‘अर्थ आवर’ अभियानका लागि उनी यतिबेला सिंगापुरमा आफ्नो बहुचर्चित ‘स्पाइडरम्यान’को दोस्रो सिक्वेलको च्यारिटीमा व्यस्त छन् । उनी आफ्नी प्रेमिका तथा सोही फिल्मकी अभिनेत्री एमा स्टोनसँगै छन् ।भिडियोमा नेपालको तराई क्षेत्रमा राष्ट्रसंघिय निकाय डब्लुडब्लुएफले गरेको बायोग्याँस ऊर्जाका दृश्यहरुलाई समावेश गरिएको छ । यो अभियानबाट संकलित रकम नेपालको जैविक ऊर्जामा लगानी हुने गारफिल्डले भिडियोमा भनेका छन् ।

भक्तपुरमा एकै परिवारका तीन जनाको हत्या

१६ फागुन, भक्तपुर । भक्तपुरको ठिमी १७ स्थित मगर गाउँमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । सर्लाही हरिवन घर भई अहिले भक्तपुर बस्दै आएका ३४ वर्षका श्याम महत, ३० वर्षकी सुनिता महत र उनीहरुकी छारी ४ वर्षकी नानु महत मृत अवस्थामा भेटिएको महानगरिय प्ररह पिरिसर भक्तपुरले जनाएको छ ।श्याम कोठामा झुण्डिएको अवस्थामा र श्रीमती सुनिता र छोरी नानु सुतिरहेको अवस्थामा मृत भेटिएका थिए । मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।मृतक परिवारलाई डिभी परेको र उनीहरु अमेरिका जाने तयारीमा रहेको प्रहरीले जनाएको छ । श्यामले १० दिन अघि मात्र अमेरिका जाने तयारीका लागि गाउँबाट १० लाख रूपैयाँ ल्याएका थिए । उनी अाफ्नो साला नविन कार्कीको घरमा बस्दै अाएका थिए ।

मृत्युदण्डबाट जोगिए मलेसियामा नेपाली : १० वर्ष कैद सजायँ मात्र

१६ फागुन, काठमाडौं । आफनै कम्पनीमा कार्यरत साथीको हत्या अभियोग लागेका एक नेपाली मृत्युदण्डको सजायँबाट जोगिएका छन् । कम्पनीका सुपरभाइजरको हत्या गरेको अभियोगमा उनलाई मृत्युदण्डको सजायँ दिन माग गर्दै अदालतमा मुद्दा चलिरहेको थियो ।मलेसियाको उच्च उदालतले उनलाई मृत्युदण्डको सट्टा १० वर्षको जेल सजायँ सुनाएको छ । जोहोरको तामान सन्तोषामा रहेको एक बेकरी कम्पनीमा कार्यरत धनुषा बेंगादवार-४ घर भएका सुरवीर गोलेलाई अदालतले उक्त सजाय सुनाएको हो ।६ सेप्टेम्बर २०१२ का दिन कम्पनीको सुपरभाइजर तान एई पिङको हत्या अभियोगमा उनी दुई वर्षअघि पक्राउ परेका थिए । मलेसियावाट प्रकाशित द सन पत्रिकाले जनाएअनुसार गोलेले छुरा प्रहार गरेकाले मृत्युमा उनी पनि दोषी देखिएको फैसलामा उल्लेख गरिएको छ ।पिङले आफूलाई मानसिक तथा शारीरिक पीडा दिएको र चार महिनासम्म छुट्टीसमेत नदिएको बयान गोलेले अदालतमा दिएका थिए । उनको उक्त भनाई सीसीटीभी रेकर्डले समेत पुष्टि गरेको थियो भने प्रत्यक्षदर्शीले पनि गोलेमाथि सुपरभाइजरले अन्याय गरेको बयान दिएका थिए ।सोही आधारमा अदालतले उनलाई मृत्युदण्डको सट्टा १० बर्ष कैद सजायँमात्र सुनाएको हो । ‘तिमीमाथि भएको अन्यया पनि हामीले महसुस गर्‍यौं’ इजलासमा न्यायाधीशले गोलेलाई भनेका थिए-’तर तिमीले जे गर्‍यौ, त्यो कानुनबिपरित हो, तिमीले कानुनको पालना गर्नुपर्छ ।’आफुले हत्या गर्ने मनसायबाट छुरा नहानेको भन्ने उनको बयानले गर्दा अदालतले कैद सजायँ घटाइदिएको हो ।

कतारमा ग्यास टंयाकी पड्किदा ३ नेपालीको मृत्यु १२ नेपाली घाईते

रवि रोषी, दोहा । फागुन १६ कतारको ल्याण्डमार्क नजिक इस्तानबुल रेष्टुरेन्टमा ग्यास टंयकी पड्किदा ३ नेपालीले मृत्युवरण गर्न पुगेका छन् ।कल ३२ जना घाईते मध्ये १२ जना नेपाली परेको दुतावास स्रोतले जनाएको छ । अन्य २० जना अन्य मूलका नागरिक रहेको जानकारीमा आएको छ । कतारको आन्तरिक मामिला मन्त्रालयले दिएको जानकारी अनुसार मृत्युवरण गर्ने नेपालीहरुमा टंक बहादुर क्षेत्री, दुर्गा बहादुर कार्की र मान बहादुर खत्री रहेका छन् । मृतक तीनै जना बाग्लुंग जिल्लावासी रहेको जानकारीमा आएको छ । 
कतार स्थित नेपाली राजदुतावासका श्रम सहचारी इन्द्र देव पाण्डेले जानकारी पाए लगत्तै अस्पताल पुगी सो को विस्तृत जानकारी लिनुभएको थियो । उपचाररत घाइते १२ जना नेपाली सबै खतरामुक्त रहेको उहाँले जानकारी गराउनुभएको छ । 

Today Rasifal - February 28th, 2014 (Nepali Date: Fagun 14 , 2070 )


World News: Indian army shots 5 colleagues.


FM: Dear Kalyan Mero Katha | February 27, 2014


Savdhan India (26th February)





‘बक्षस्थल बिग्रिएको’ भन्दै महिला चालकद्वारा सिट बेल्ट बाँध्न अस्वीकार

गाडीमा बस्नासाथ हाम्रो हात सिट बेल्टमा जान्छ । कुनै कारण बिर्सिइहाले ट्राफिक देख्नासाथ सिट बेल्ट बाधिहालिन्छ । किनकी, ट्राफिक नियममा सिट बेल्ट नबाध्नु कानुनको उल्लंघन हो ।तर, बेलायतको लिंकनशायरमा एक महिलाले सिट बेल्न बाँध्न अस्वीकार गरेकी छिन् । उनले जुन कारण देखाएर सिट बेल्ट बाँध्न अस्वीकार गरिन, त्यो सुनेर ट्राफिक प्रहरी ट्वाँ परेका छन् ।फेब्रअुरी २३ तारिख अपरान्ह लिंकनसायर रोडमा खटिएको ट्राफिकले ती महिलालाई रोकेर बेल्ट लगाउन चेतावनी दियो । सिट बेल्ट नबाँध्दा दुर्घटना हुनसक्ने भन्दै प्रहरीले बेल्ट लगाएर मात्र चलाउन सल्लाह दियो ।तर, ती महिलाले सिट बेल्टको नियम आफुलाइ थाहा भएको भन्दै नबाध्नुको कारण खुलाइन- ‘सिट बेल्टले मेरो बक्षस्थललाई पीडा भयो, यसले मेरो बक्षका आकार बिगारिदियो ।’उनले ट्राफिकको अनुरोध मान्नुको सट्टा ५ सय पाउण्ड जरिवाना तिर्न उचित ठानिन् । जरिवाना तिरेपछि उनी बेल्ट नलगाई त्यहाँबाट हिडिन् ।लिंकनसायर पुलिसले आफ्नो ट्वीटर अकाउन्टमा लेखेको छ- ग्रान्थममा एक महिला पाखुरामुनी बेल्ट लगाएर गाडी चलाइरहेको अबस्थामा भेटिइन, हामीले लगाउन सल्लाह दियौँ, तर उनले भनिन- यसले मेरा बक्षस्थल बिगार्‍यो ।’

मायाँलाई भेट्न आउदैछु बसमा सरर ...


यौनकार्यमा संलग्न ६ जोडी महिला र पुरुष आपत्तिजनक अवस्थामा पक्राउ

सार्वजनिक स्थलमा बसेर ग्राहक फसाउने अनि विभिन्न लज र होटेलमा लगी यौनक्रियाकलाप गर्ने गरेको गुनासो जनसमुदायबाट प्राप्त भएपछि गोप्य निगरानी बढाउने क्रममा मंगलबार राति विभिन्न स्थानमा छापा मार्दा ६ जोडी महिला र पुरुष आपत्तिजनक अवस्थामा पक्राउ परेको जानकारी प्रहरी निरीक्षक गोविन्द पुरीले दिए।उनका अनुसार दुईवटा गेस्ट हाउसका सञ्चालकलाई पनि नियन्त्रणमा लिइएको छ।पुरानो बसपार्कनजिक रामजानकी लज तथा जानकी मन्दिरपछाडिको जय नेपाल गेस्ट हाउसबाट ६ जना महिला र ७ जना पुरुषलाई समातिएको पुरीले बताए।पक्राउ परेकामा अधिकांश विवाहित महिला रहेको र केहीका पति वैदेशिक रोजगारमा रहेको जानकारी पुरीले दिए। पक्राउ पर्नेहरू २५ देखि ४० वर्ष उमेरसमूहका महिला तथा २० देखि ६० वर्षका पुरुष छन्।

पक्राउ परेका होटेल मालिकसहित १५ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ। उनीहरूलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।स्थानीयको विरोधपछि जनकपुरमा डान्स बार बन्द भएपछि महिला यौनकर्मी जनकचोक, रामचोक र शिवचोकवरिपरि बसेर ग्राहक खोज्ने गरेको र विभिन्न गेस्ट हाउसमा लगी यौन क्रियाकलाप गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

छोरी मात्र जन्माउँदा घरै छाड्नुपर्‍यो

विराटनगर ११ बलुवाइकी २६ वर्षिया फुलकुमारी सहनीका लागि छोरी जन्माउनु नै कसुरजस्तै भइदियो। त्यसको सजायस्वरुप उनले घरै छोड्नुपर्‍यो । नौ वर्षिय मुस्कान, चार बर्षिय खुसी र अढाई बर्षिय खुस्बुलाई घरमै छोडेर उनी अर्कैको घरमा शरण लिएकी छन् ।छोरी जन्माएको भन्दै पतिबाट निरन्तर यातना तथा पीडा भोग्दै आएकी फुलकुमारी ज्यान जोगाउन घर छोड्न वाध्य भएकी छन् । पति नरेश साहको यातना सहन नसक्दा उनले गत शनिबारदेखि घर छाडेकी हुन । उनी अहिले चिनजानकी दुर्गा श्रेष्ठको घरमा शरण लिएर बसेकी छन् ।फुलकुमारीका पतिको यातना र मार्ने धम्की दिएपछि सुरक्षाका लागि आफुले उनलाई घरमा आश्रय दिएको दुर्गाले बताइन् । फुलकुमारीले भनिन्, जे गरे पनि आफ्नै पति हो भनेर नौ वर्ष सहेर बसे, अब अति भयो । अनि ज्यान जोगाउन घर छाड्नुपर्‍यो ।आफूले घर छोडेपछि छोरीहरूको विचल्ली भएको उनले बताइन् । दिनमा चार पाँचवटा घरमा सफाई गरेर त्यस बापत आएको पैसाले पति सहित छोरीहरू पाल्दै आएकी थिइन् । ज्यान जोगाउन मैले घर छाडे तर छोरीहरु भोकभाकै मोर्छन् कि भन्ने पीर छ, उनले भनिन् ।
११ वर्ष अघि नरेशसँग विवाह फुलकुमारीले दुई वर्ष जति पतिले राम्रै व्यवहार गरेको बताइन् । पहिलो छोरी जन्मिपछि नै पीडा दिने क्रम सुरु भयो, उनले भनिन्, ुदोस्रो सन्तानका रु पमा पनि छोरी जन्मिएपछि झन् शारीरिक र मानसिक दिने क्रम बढ्यो । तेस्रो सन्तान पनि छोरी नै जन्मिएपछि रातदिन रक्सी खाएर आउँदै कुटपिट गर्न थाले भनेर आजको अन्नपूर्ण पोस्टमा यो खवर छापिएको छ ।

मालिक सँग बदला लिन कामदारले ट्वाइलेटको पानी खुवाइन्

घरेलु कामदार र मालिकबीच कहिलेकााही ठाकठुक हुनु अस्वभाविक होइन् । तर, कहिलेकाँही यस्तै सानो मनमुटावले डरलाग्दो घटना निम्त्याउँछ ।घटना अमेरिकामा एक कामदारले मालिकसाग लिएको बदलाको हो । उनी आफ्नो मालिकलाई पटक्कै मन पराउँदैनथिइन । उनी कहिले माकिलको ब्रास ट्वाइलेटको पानीमा डुवाइदिन्थिन् त कहिले घर मालिकले पिउनका लागि बोटलमा भरेर राखेको पानीमा ट्वाइलेटको पानी मिसाइदिने गर्थिन् ।उनले भनेकी छिन्-उनकी श्रीमतीले बेडसाइड टेबलमा पानी राख्थिन् । तर, मैले ट्वाइलेटको पानी मिसाइदिन्थेँ ।’यस्तो गर्दा बदला लिएको मानेर आफूलाई आनन्द हुने बताउँछिन् । अहिले घर मालिकले उनलाई जागिरबाट निकालिदिएका छन् र उनले आफ्नो गल्ती स्वीकार गरेकी छिन् ।घर मालिकको स्वास्थ्य विग्रिएको सुनेको भन्दै उनले अहिले आफ्नो कामको पश्चाताप लागेको बताएकी छिन् ।

Ukali Orali | Image Tv - February 25, 2014


आमाको बोटो पछ्याउँदै करिष्माकी छोरी (भिडियोसहित)

अमेरिका, फागुन ११– नेपाली म्यूजिक भिडियोको संसारमा हालसालै एउटा नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक हुनेबित्तिकै चर्चित हुन पुगेको छ उक्त म्यूजिक भिडियो । किनभने नेपाली सिनेमाकी लोकप्रिय नायिका करिष्मा मानन्धरकी छोरी कविता मानन्धर उक्त भिडियोकी मोडल हुन् । कवितासँगै भिडियोमा साकार थापा खेलेका छन् । दुवैको यो पहिलो भिडियो हो । एएन्ए फेशन एक्स्ट्राभगेन्जा २०१३ का विजेता साकार र कविताको यो पहिलो प्रयास भएपनि दुवैको अभिनय प्रशंसनीय छ । यसको अर्को राम्रो पक्ष भनेको छायांकन र सम्पादन पनि हो । यसको निर्देशन सुषमा बोगटीले गरेकी छिन्, जो सन् २०१२ मा मिस एएन्ए भएकी थिइन् । प्रस्तुत भिडियो नयाँ भएपनि एल्बम भने आठ वर्ष पुरानो हो । सरोज दत्तको आवाज र सुगम पोखरेलको संगीत रहेको यस गीतको रचना स्व. जी. एम. प्रधानले गरेका हुन् । यो गीत ‘सपनीहरुमा’ शीर्षकको एल्बमबाट लिइएको हो । निश्चित रुपमा श्रोताहरुले सुगमको संगीतलाई सरोजले न्याय गरेको पाउनेछन् । यस भिडियोका सिनेमाटोग्राफर निकेश श्रेष्ठ, कला निर्देशन अर्जुन के.सी., प्रोजेक्ट म्यानेजर बिराज श्रेष्ठ, स्टायलिस्ट सुखी सुवाल भने भिडियोको वितरक तुलसी इन्टरटेनमेन्ट एवं उत्पादक अ फ्याक्टरी कान्तिपुर स्टुडियो हो ।

संविधानसभामा हँसाइन् कान्छी सभासदले

१४ फागुन, काठमाडौं । संविधानसभामा उपाध्यक्ष चयनका लागि भएको निर्वाचनमा आफ्नो धारणा राख्ने क्रममा कान्छी सभासद सरिताकुमारी यादवले सबैलाई हँसाएकी छन् । २५ वर्षको उमेरमा संविधानसभाको सदस्य, त्यो पनि रोष्टममै गएर बोल्ने क्रममा उनले प्रधानमन्त्री सुशील कोइरालालाई समेत हाँस्न बाध्य बनाइन् ।यादवको प्रस्तुतीले भने संविधानसभाको बैठकमा रहेका प्रधानमन्त्री सुशील कोइरालादेखि उपेन्द्र यादवसम्म हाँसेका थिए । कखरा सिक्दै गरेको बालकले जस्तै कनेर आफ्नो लिखित मन्तव्य सुरु गरेकी उनले उपाध्यक्षको चुनावलाई नाटकको संज्ञा दिइन् ।लेखेर ल्याएको भाषण पढेकी सरिताले अड्कँदै, बिगार्दै र सच्याउँदै सम्बोधन गरेपछि प्रधानमन्त्री कोइराला मात्र होइन, फोरम अध्यक्ष उपेन्द्र यादवसहित सबै सभासदहरु मुसुमुसु हाँसिरहेका देखिन्थे ।संविधानसभामा पिछडिएको वर्ग र समूदायका प्रतिनिधिहरुले भाषाको कारणले बोल्न कठिनाइ भएमा आफ्नै मातृभाषामा समेत बोल्न सक्ने व्यवस्था छ । दृष्टान्तका लागि सभासद गंगा चौधरी र रुक्मिणी चौधरी पिछडिएको समुदायबाट संविधानसभामा पुगे पनि उनीहरुको भूमिका र प्रस्तुती प्रभावकारी रहने गरेको छ ।

बुधबारको बैठकमा सरितापछि रोष्टममा पुगेकी सभासद गंगा चौधरीले भने सभाध्यक्षसँग अनुमति लिएर थारु भाषामा गज्जबसँग सम्बोधन गरिन् । संघर्षबाट भन्दा पनि नेताकी श्रीमती भएकाले सभासद बन्ने अवसर प्राप्त गरेकी कान्छी सभासदले गंगा चौधरीहरुबाट केही सिक्ने हो कि ?‘एभरेज’ सभासद हुनु स्वाभाविक संविधानसभाका जेष्ठ सदस्य सूर्यबहादुर थापाको भनाइ मान्ने हो भने एसियाली समाजमा चयन हुने जनप्रतिनिधिहरु औसत क्षमताका हुन्छन् । अहिलेको हाम्रो संविधानसभाका सदस्यहरु पनि जनताले आफ्नो जुन स्तर छ, त्यस्तै पठाएका हुन्छन् । जेष्ठ सदस्यको हैसियतमा संविधानसभाको सभाध्यक्षको भूमिका निभाइसकेका थापाका अनुसार हाम्रो संविधानसभामा एउटा सचेत वर्ग छ, त्यसले नै सबैलाई नेतृत्व गर्छ ।थापाको भनाइलाई आधार मान्ने हो भने संविधानसभामा सबैले बोल्न वा आफ्नो कुरा सहजरुपमा राख्न सक्ने अनुमान लगाउनु गलत हुन्छ । तर, सामान्य स्कुलको विद्यार्थीले जति पनि आफ्नो कुरा राख्न नसक्ने सभासदले संविधान निर्माणमा कस्तो भूमिमा खेल्लान् भनेर जनतामा प्रश्न उठ्नेतर्फ पनि दलका नेता र सभासदहरुले ध्यान दिने हो कि ?

घाँस काट्न गएकी युवतीमाथि सामूहिक बलात्कार

१४ फागुन, महोत्तरी । महोत्तरीको अनकार गाविसको बेला गाउँमा एक २० वर्षकी युवती सामूहिक बलात्कारको सिकार भएकी छन् ।मंगलबार साँझ खेतबाट घाँस बोकेर घर फर्केकी उनी सामूहिक बलात्कारको सिकार भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।खेतबाट घाँस काटेर घर फर्कंदै गरेकी उनलाई साँझपखको अँध्यारोको मौका छोपी सोही बस्तीका ललन महतोसहितका चारजनाले नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेको पीडित युवतीका परिवारजनले बताएका छन् । बलात्कार गरेर उनीहरु भागेपछि युवतीको चित्कार सुनेर गाउँले घटनास्थल पुगेर प्रहरीलाई खबर गरेका थिए ।गएराति नै घटनास्थल पुगेको जिप्रका महोत्तरीको टोलीले पीडित युवतीलाई उद्धार गरी उपचारका लागि जलेश्वर अस्पताल पुर्‍याएको प्रहरी निरीक्षक शम्भु बरालले जानकारी दिए ।युवतीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । बलात्कारीहरुको खोजीमा प्रहरी टोली परिचालित गरिएको जिप्रका महोत्तरीले जनाएको छ । रासस

Today Rasifal - February 26th, 2014 (Nepali Date: Fagun 14 , 2070 )


Political Talk with Gagan Thapa February 25th 2014


दुई क्विन्टलका भर्जिन पुरुषले प्रेमिकालाई यौन संपर्क गर्दा अस्पताल भर्ना हुने बनाए

बेलायतका एक ‘भर्जिन’ पुरुषले पहिलो शारिरिक सम्बन्धका बेला आफ्नै प्रेमिकालाई अस्पताल भर्ना हुने स्थीतिमा पुर्‍याइदिएका छन् ।१ सय ९६ किलो वजन भएका ग्रेग कासरोना जीवनमै पहिलोपटक आफ्नी प्रेमिकासँग समागम गर्दै थिए ।ग्रेग केही महिनादेखि जेनसँग प्रेममा थिए । प्रेममा परेपछि पश्चिमाहरुबीच शारीरिक सम्वन्ध हुनु स्वाभाविक हो, जसका लागि ग्रेग र उनकी प्रेमिका सहमत भए ।शारीरिक सम्वन्धका क्रममा जेनको टाउको भित्तामा ठोक्किन पुग्यो । ‘मेरो तत्कालको रियाक्सन थियो-मैले उनलाई मारेँ । यो मेरो पहिलो पटक थियो र जेनको निधन भयो ।’ ग्रेग सम्झन्छन् ।त्यतिकैमा प्रेमिका बेहोसिबाट ब्यँझिदै सोधिन- तिमी किन रोकिएको ?आफूले प्रेमिकालाई तत्काल अस्पताल लगे पनि बिरामी हुनुको कारण सुनाउन भने निकै लाज लागेको उनी सम्झिन्छन् ।झण्डै ८ वर्ष पहिले भएको यस्तो सत्य घटनाबारे हालै टीसीएल च्यानलमा उनीहरुले आफ्ना अनुभव सुनाएका छन् । बेलायति पत्रिका मिररका अनुसार उनीहरुले त्यसबेला भएको घटनामाथि पुनः अभियन गर्दै देखाएका छन् ।

Ukali Orali February 24th 2014


Actress Rejina Upreti get marriage


तपाई नहाँसी बस्नै सक्नु हुन्न ... (भिडियो)


Jire Khursani, 24 February 2014


Enjoy Watching.
Part 2

Part 3

Part 4

तालिबान उच्च कमाण्डरको हत्या

काठमाडौं, फाल्गुन १२ । पाकिस्तानस्थित तालिबानका उच्च कमाण्डर अस्मातुल्लाह शाहिनको अफगानिस्तानको सीमा नजिक हत्या भएको छ । लडाकुहरुको बलियो पकड रहेको उत्तर वजिरिस्तानको मिरानशाह गाउँ नजिक शाहिन सवार गाडी धरापमा पर्दा उनको मृत्यु भएको बीबीसीले जनाएको छ ।गाडीमा शाहिनसँगै रहेका अरु दुई जनाको पनि मृत्यु भएको छ । शाहिनको हत्या कसले गर्‍यो भन्ने खुल्न सकेको छैन ।गत वर्ष पाकिस्तानी तालिवानका प्रमुख हकिमुल्लाह मेहसुद मारिएपछि शाहिन केही समय तालिवानको अन्तरिम नेता चुनिएका थिए ।

पेटबाट निकालियो ४५ वटा कोकिनको क्याप्सुल (भिडियोसहित)

काठमाडौं, फाल्गुन १२ । प्रहरीले त्रिभुवन विमानस्थलबाट २ किलो ६ सय ६९ ग्राम कोकिन बरामद गरेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले आइतबार ब्राजिल हुँदै काठमाडौं आएका नामिबियाका नागरिक रेमन जुङ्गु ओपललाई कोकिनसहित पक्राउ गरेको हो ।नेपालमा बरामद भएको कोकिनको यो परिमाण अहिलेसम्मकै ठूलो भएको प्रहरीले बताएको छ ।बरामद भएको कोकिन मध्ये ओपलले ४५ वटा क्याप्सुल निलेर आएका थिए भने बाँकी क्याप्सुल झोलामा राखेर ल्याएको प्रहरीले जनाएको छ ।प्रहरीले उनलाई अस्पताल भर्ना गरी क्याप्सुल निकालेको हो । बरामद भएको कोकिनको मूल्य ५ करोड ३३ लाख रुपैयाँ भन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

यसरी ठमेल अब २४ सै घन्टा खुल्ने

१२ फागुन, काठमाडौं । पर्यटकीय क्षेत्र ठमेललाई २४ सैं घण्टा खुल्ला र उज्यालो राख्ने योजनासहित ‘स्वचालित सोलार बत्ती’ जडान कार्य सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको अनुदान सहयोगमा आगामी ३ महिनाभित्र ठमेल क्षेत्रमा स्वचालित सोला बत्ती जडान सुरु हुने ठमेल पर्यटकीय विकास परिषद्ले जानकारी दिएको छ ।एशियाली विकास बैंक एडीबीको सहयोगमा प्राधिकरणलाई प्राप्त सोलार बत्ती हाल चीनमा निर्माणको चरणमा रहेको र ३ महिनाभित्र नेपाल आइसक्ने बताइएको अभियान दैनिकमा खबर छ । त्यसपछि जडान कार्य सुरु हुन्छ ।प्रारम्भमा महानगरपालिका र परिषद्बीचको सम्झौताअनुसार महानगरको ७० प्रतिशत अनुसादनमा सौर्यबत्ती जडान गर्ने योजना बनाइएको थियो । तर, एडीबीको सहयोगपछि सोलार अनुदानमा प्राप्त हुन लागेको परिषद्का अध्यक्ष रामशरण थपलियाले जानकारी दिए । ठमेल क्षेत्रमा लामो समयदेखि सोलार बती जडान हुने बताइए पनि कार्यान्वयनमा आउन सकेको छैन् ।

नेपालमा पनि कृत्रिम यौनाङ्गको प्रयोगको संख्या बढ्दो

आधुनिकतासँगै नेपाली समाज यौनका विषयमा पनि खुला बन्दै गएको छ। व्यवसायीहरूले यौन प्रयोगका निम्ति भित्र्याएका कृत्रिम यौनाङ्गको प्रयोगपछि प्रभावकारिता बढेकैले हुनसक्छ, उपभोक्ताको संख्या पनि बढ्दो छ। अझ वैदेशिक रोजगारीमा गएका नेपाली श्रीमान वा श्रीमतीका साथीका रूपमा कृत्रिम यौनाङ्ग प्रयोग राम्रो माध्यम पनि भएको छ।यसले सामाजिक अपराध एवं विकृति कम गर्न मद्दत गरेको छ। प्राकृतिक यौनसम्पर्कबाट वञ्चित एवं आकांक्षाबमोजिम चरम सुख नपाएकाहरूले यसप्रकारका साधनबाट पर्याप्त आनन्द लिएका छन् भने यसमा असहज मान्नुपर्ने कुरा के नै छ र ? यसको प्रभावकारिता सबै क्षेत्रका व्यक्तिले आफैंले उपयोग गरेर परीक्षण गरिसकेका छन्। हामीले थुप्रै स्थानमा अनलाइन वा टेलिफोनमा यौनसामग्री बुक गरेर देशका विभिन्न स्थानमा कुरियरसमेत गरेका छौं।

८० लाख पाए ब्लु फिल्म खेल्छु: सिर्जना थापा

अनुसन्धानले इन्टरनेटको प्रयोग अश्लील अर्थात् गरेको भिडियो हेर्नमा बढी प्रयोग भइरहेको छ । भिडियोमा खुलेआम उत्तेजक यौन क्रिया गरेर हजारौंदेखि करौडौंसम्म पैसा कमाउनेहरु पनि छन् । यतिमात्र होइन ‘ब्लु फिल्म’ खेलेर र निर्माण गरेर पनि करोडौंको कारोबार भइरहेको छ ।थुप्रै देशमा फिल्मको ग्रेडिङ गरेर ब्लु फिल्मलाई पनि मान्यता दिई निश्चित स्थान वा हलहरुमा निश्चित उमेर समूहले मात्र हेर्न पाउने गरी प्रदर्शन गर्ने गरिन्छ । नेपालमा ब्लु फिल्म नै भनेर नबनाएपनि अश्लील दृश्यहरुले भरिएका फिल्महरु भने लगातार बनिरहेका छन् । नेपाली फिल्म क्षेत्रमा विवादास्पद रुपमा आइरहेका यस्ता फिल्महरुले फिल्म क्षेत्रलाई झनै धरासायी बनाउँदै लगेको धेरैको आरोप तथा दावी पनि छ ।अहिले यस्ता खालका फिल्महरु खेलेर नायिकाका रुपमा प्रस्तुत भएका पनि धेरै छन् । हट सिन, बेड सिन लिएर सनसनी र उत्तेजना फैलाउन केही नयाँ नामका नायिकाहरु अगाडि आइरहेका छन् । विशेषगरी मोडलिङ क्षेत्रमा संघर्ष गरिरहेकाहरु यसरी अश्लील दृश्य दिन तम्सिने गर्दछन् ।पछिल्लो समयमा निश्चित रकमको माग गरी यस्ता दृश्य दिन तयार युवतीहरु भेटिन्छन् नै । यति रकम पाए यस्तो भिडियोको दृश्य दिन्छु भन्नेहरु पनि छन् । यसै प्रसंगमा मोडल सिर्जना थापाले पनि भनेजस्तो रकम पाए ब्लु फिल्म खेल्न पनि आफू तयार रहेको एक अन्तरर्वातामा बताइन ।अन्तर्वार्ताका क्रममा उनले ८० लाख रुपैयाँ पारिश्रमिक दिए जस्तोसुकै भनेजस्तै दृश्य दिन आफू तयार रहेको बताइन् । म्यूजिक भिडियोहरुसँगै केही फिल्म समेत खेलेकी सिर्जना ब्लु फिल्मका लागि खुल्न चाहेकी हुन् । उनी भन्छिन्– ‘राम्रो पैसा पाए, राम्रो अफर पाए ब्लु फिल्म पनि खेल्छु, किन नखेल्ने । तर त्यसको लागि कम्तिमा ८० लाख रकम ग्यारेन्टी गर्नुपर्छ ।’

Balakharulai Yatana visual sunsari , Nepal


Today Rasifal - February 24th, 2014 (Nepali Date: Fagun 12, 2070 )


७ करोड भारतीय रुपैयाँमा पनि बेच्न नमान्ने राँगा कस्तो रहेछ् ?

एनपि न्यूज डटनेट, ११ फागुन - भारतको कुरुक्षेत्रका एक किसानले आफ्नो राँगोलाई ७ करोड भारतीय रुपैयाँमा समेत बेच्न मानेनन् । युवी नाम दिइएको राँगोलाई पाल्नु ती किसानको सोख भएकाले बिक्री नहुने भन्दै उनले बेच्न नमानेका हुन् । उक्त राँगोलाई दैनिक ४ किलो स्याउ ख्वाइने गरेको र स्वास्थ्य सही राख्न दैनिक केही किलोमिटर हिंडाउने गरिएको छ । कर्मवीर नाम गरेका किसान जसले राँगो पालिरहेका छन् । किसान का अनुसार राँगोले आफ्नो जिन्दगीमा ठूलो महत्त्व राख्छ । मोहालीमा भएको पशु मेलामा उनको राँगोसीका लागि ७ करोडको प्रस्ताव आएको थियो । ‘आफ्नो बच्चा बेच्नका लागि होइन,’ ती किसान भन्छन् । किसानले राँगाको वीर्य बेचेर वार्षिक ३५ देखि ४० लाख रुपैयाँ आम्दानी गर्छन् । पशु मेलामा युवी नामक राँगाले धेरै राष्ट्रिय पुरस्कार पनि जिती सकेको छ । 

दुई नेपाली महिला सिरियामा सम्पर्कविहीन

नयाँ दिल्ली, फाल्गुन १० - गृहयुद्धले ग्रसित सिरियामा दुई वर्षअघि पुगेका दुई नेपाली महिला सम्पर्कविहीन छन् । 'मानव तस्कर' को चंगुलमा परी पोखराकी लक्ष्मी गुरुङ र बागलुङकी हुमा मगर सन् २०१२ जुलाई १५ मा उक्त पश्चिम एसियाली मुलुक गएका थिए । सरकारले भने सिरियामा कोही पनि नेपाली नभएको बताउँदै आएको थियो ।'टर्की बोर्डरको एलेपो सहरमा पुगेर लक्ष्मीले २०१२ को अन्त्यतिर एकपटक घरमा फोन गरेकी रहिछन्,' दाजु केहरजंग गुरुङले कान्तिपुरसँग भने, 'म परराष्ट्र, श्रम मन्त्रालय पुगें । सिरिया मामला हेर्ने इजिप्टस्थित नेपाली कूटनीतिक नियोगलाई पनि खोजबिनमा अनुरोध गरें । तर २० महिना बितिसक्यो, केही पत्तो लागेको छैन ।' उनले कूटनीतिक संयन्त्रमार्फत सिरियाको दिल्लीस्थित दूतावासमा पनि आफन्त खोजीका लागि आवेदन दिने भएका छन् । 'परराष्ट्रको कन्सुलर शाखाले इजिप्टस्थित नेपाली दूतावासलाई सोधपुछ गर्ने भन्यो,' केहरजंगले भने, 'दूतावासले सिरियामा कोही नेपाली नरहेको भन्दै कामचलाउ जवाफ फर्कायो ।'

केहरजंगका अनुसार ३६ वर्षीया लक्ष्मीसँगै बागलुङकी ३९ वर्षीया हुमा 'हाउसमेड' भिसामा दमास्कस उडेका हुन् । दुवैलाई मोहम्मद नामका दलालले सिरिया लगेको थाहा भए पनि अरू जानकारी नभएको उनले बताए । उनले लक्ष्मी र हुमाको हवाई टिकटको प्रति, पासपोर्टप्रति तथा सिरियाको पछिल्लो पटकको सम्पर्क नम्बरसमेत साथमा राखेर परराष्ट्र मन्त्रालय, आप्रवासन संगठन, प्रवासी नेपाली समन्वय समितिलगायतलाई खोजबिन गरिदिन ताकेता गर्दै आएका छन् । कायरोस्थित नेपाली नियोगका एक अधिकारीले भने सिरियाको उक्त फोन नम्बर सम्पर्कबाहिर रहेको बताए ।सरकारले सिरियालाई वैदेशिक रोजगारी गन्तव्यमा 'प्रतिबन्धित' गरे पनि काठमाडौं विमानस्थल हुँदै लक्ष्मी र हुमाले सारजहाँ-दमास्कसको उडान भरेका थिए । यसरी प्रतिबन्धित भनिएको मुलुकमा अध्यागमनको 'सेटिङ' बिना जान असम्भव छ । तर यसबारे अहिलेसम्म छानविन भएको छैन ।

२०११ मार्चदेखि सिरियामा सुरु गृहयुद्धमा झन्डै डेढ लाख जनाको मृत्यु भइसकेको छ । त्यति नै संख्यामा बेपत्ता छन् । केही नागरिक भने सीमावर्ती मुलुक इराक, टर्की, जोर्डन अथवा इजरायलतिर भागेर गएको हुन सक्ने अन्तर्राष्ट्रिय आप्रवासन संगठनको अनुमान छ । तर तिनमा नेपाली रहे/नरहेकोबारे केही जानकारी छैन । 'राजधानी दमास्कसबाहेकमा प्रशासनयन्त्रले काम नगरेको अवस्था छ, सिरियाली नागरिककै बेपत्ता र बिचल्लीको अनुमान भइरहेको छैन,' कायरोस्थित नियोगका ती अधिकारीले भने, 'केही सम्पन्न सिरियाली नागरिक भने आफ्ना घरेलु कामदार लिएर सीमावर्ती लेबनान जाने गरेको भन्ने थाहा पाएका हौं, त्यसमध्ये केही लिभिङ-टुगेदरमा पनि लेबनानमा बसेका हुन सक्छन् ।'अमेरिका, बेलायत, स्विट्जरल्यान्ड, जापान, जर्मनी, फिनल्यान्ड, कतार, साउदी अरेबियासहितका एक दर्जनभन्दा बढी मुलुकले दमास्कसमा रहेका आफ्ना नागरिक असुरक्षित रहेको भन्दै कूटनीतिक नियोगसमेत बन्द गरिसकेका छन् । 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More