BICITRA KHABAR

BICITRA KHABAR

भारतीय कांग्रेस आइका नेता करण सिंह नेपालमा

काठमाडौं, फाल्गुन २ । भारतको सत्तारुढ दल कांग्रेस आइका नेता डा. करण सिंह आज नेपाल आएका छन् । काठमाडौंमा भोलि आयोजना हुने कार्यक्रममा भागवत गीता सम्वन्धी प्रबचन दिनका लागि सिंह नेपाल आएका बताइएको छ ।यद्यपि, नेपालमा नयाँ सरकार गठनका क्रममा सिंह नेपाल आएकाले उनको भ्रमण विशुद्ध धार्मिक यात्रामा मात्रै सीमित नरहने अनुमान गरिएको छ । सिंह तीन दिन काठमाडौंमै रहने बुझिएको छ ।त्यस लगत्तै आगामी सोमबार भारतको प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह पनि नेपालको तीन दिने भ्रमणमा आउने बताइएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More