BICITRA KHABAR

BICITRA KHABAR

भर्जिन भएको कसम खाँदै २५ हजार दर्शकसामु बिहे, ४० दिनसम्म सेक्स बन्देज

सँधै खेलाडीहरुबीच घम्साघम्सी हुने दक्षिण कोरियाको चेङसिम पिस वर्ल्ड रंगशालाको माहौल बुधबार भने
प्रेममय थियो ।मैदानमा प्रतिस्र्धी थिए २ हजार ५ सय जोडी जो केहीवेरमा बिबाह बन्धनमा बाँधिदै छन् । अनि दर्शकदीर्घामा करिव २५ मानिस उनीहरुको बिबाह हेर्न उपस्थीत थिए ।कालो सुटमा सजिएका बेहुला अनि सेतो गाउनमा सजिएका बेहुलीहरुको लाइन सैनिक फर्मेसनजस्तो देखिन्थ्यो । ती मध्ये कतिपय लामो सम्बन्धमा थिए भने कतिपयको भेट एक दिनअघि मात्र भएको थियो ।झण्डै १० वटा मुलुकबाट आएका यी बेहुला बेहुलीले गत सातामात्रै आफ्नो पार्टनर छानेका थिए । कतिपय यस्ता जोडी छन जो एकले बोलेको अर्काले बुझ्दैनन, दोभाषेको सहयोग चाहिन्छ ।दक्षिण कोरियाको युनिफिकेसन चर्चले आयोजना गरेको यो सार्वजनिक बिबाह समारोहको झलक हो । जहाँ बिश्वभर यही चर्चसँग जोडिएका अनुयायीहरु अन्तरजातीय र अन्तरसांस्कृतिक बिबाहका लागि तयार छन् ।

यो बिबाह प्रकृया ठूलो मासका कारणमात्र भिन्न र चर्चित छैन, यसका कतिपय नियमहरु पनि अनौठा छन् ।
हालसम्म आफु भर्जिन रहेको र आगामी दिनमा एकअर्काप्रति बफादार रहने कसम खाएसँगै उनीहरुलाई पबित्र जल छर्किएर बिबाह प्रकृया सुरु गरिन्छ ।बिबाह गरिसकेपछि जोडीलाई ४० दिनसम्म भिन्नै राखिन्छ जहाँ उनीहरुले बिभिन्न बिधिको प्रयोग गरि भगवानसँग पुग्ने कोसिस गर्छन् । यो चालिस दिन जोडीलाई यौनसम्बन्ध राख्ने छुट छैन् ।४० दिन छुट्टै बसेपछि यो अनौठो बिबाहको अन्तिम प्रकृयातिर पुगिन्छ । जहाँ फेरि तीन दिनका लागि जोडी एकै ठाउँमा हुन्छन् । चर्चको वेबसाइटका अनुसार यो तीन दिनमा श्रीमतीले आफ्नो श्रीमानलाई आमाको रुपमा पुर्नजन्म दिन्छिन भने श्रीमान् बाबुका रुपमा आफ्नी श्रीमतीलाई पुर्नजन्म दिन्छन् ।दक्षिण कोरियाका पादरी सन मोङ मुनले सन् १९५४ मा स्थापना गरेको यो चर्चले त्यसयता दर्जनौं सामूहिक बिबाह गराएको जसले बिश्वभर चर्चासँगै बिबाद ल्यायो । मुनले सांस्कृतिक बिकृति ल्याएको र बाइबलको अपब्याख्या गरेको आरोप लाग्दै आएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More