BICITRA KHABAR

BICITRA KHABAR

आजदेखि लागूहुने गरी खानेपानीको मूल्य वृद्धि

१ फागुन, काठमाडौं । फागुनदेखि राजधानी बाहिरका उपभोक्ताहरूले खानेपानीमा मूल्य वृद्धिको मार खेप्नुपर्ने भएको छ । नेपाल खानेपानी संस्थानले आजदेखि लागु हुने गरी पानीको महशुल बढाएपछि मार खेप्नुपर्ने भएको हो । संस्थानले काठमाडौं उपत्यका बाहिरका शहरहरूमा खानेपानीको आपूर्ति तथा वितरण गर्दै आएको छ । संस्थानले पानीको मूल्य बढाउने प्रस्ताव खानेपानी महशुल निर्धारण आयोगले स्वीकृत गरेपछि महशुल दोब्बर भएको छ । आयोगले पानीको महशुल निर्धारण गरेपछि मात्र खानेपानीको महशुल तय गरिन्छ । महशुल बढेपछि उपभोक्ता मारमा परेका छन् । महशुल वृद्धि भएपछि उपभोक्ताले न्यूनतम १० हजार लिटरको ११० रुपैयाँ तिर्नुपर्ने भएको छ । त्यसपछि प्रति हजार लिटरका लागी २५ रुपैयाँका दरले तिर्नुपर्ने व्यवस्था गरिएको छ । नयाँ महशुल दर यस्तो छ

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More