काठमाडौं, फाल्गुन १ । महानगरिय प्रहरी परिसर काठमाडौंले १० बुँदे सुरक्षा कार्ययोजना सार्वजनिक गरेको छ ।आज पत्रकार सम्मेलन गरी परिसरले गुण्डागर्दी, फरार अभियुक्त, सजाय तोकिएका अपराधीहरुलाई पक्राउ गर्ने र कैद मुक्त भएका व्यक्ति उपर पनि निगरानी गर्ने कार्ययोजना सार्वजनिक गरेको हो ।अपराध अनुसन्धानलाई वैज्ञानिक साधनहरु प्रयोग गरी अनुसन्धान गर्ने, भ्रष्टाचारी एवं दुई नम्बरी व्यक्तिहरुसँग सम्पर्क र सम्बन्ध समेत नराख्ने पनि कार्य योजनामा उल्लेख छ ।