BICITRA KHABAR

BICITRA KHABAR

भ्यालेन्टाइन डेका जोडी प्रहरी निगरानीमा

काठमाडौं– सार्वजनिक स्थलमा हुने ‘अमर्यादित व्यवहार रोक्न' प्रहरीले भ्यालेन्टाइन मनाउन हिँड्ने जोडीको गतिविधिमाथि निगरानी गर्ने भएको छ। प्रेमी जोडीका गतिविधिबारे आउने गुनासो रोक्न पार्क, मन्दिर, चौरलगायत सार्वजनिक स्थानमा निगरानी बढाउने तयारी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश खरेलले बताए।सामाजिक मर्यादाभित्र बसेर भ्यालेन्टाइन दिवस मनाउन आग्रह गर्दै उनले सार्वजनिक स्थलमा अरुलाई अप्ठ्रो लाग्ने गतिविधि नगर्न युवा वर्गलाई आग्रह गरे।पार्कलगायत स्थलमा निगरानी बढाएर मर्यादा नाघ्ने जोडीलाई सुरुमा सम्झाउने र सम्झाउँदा नमाने नियन्त्रणमा लिएर अभिभावकको जिम्मा लगाउने उनले बताए। ‘हामी पक्राउ नै चाहिँ गर्दैनौं तर, मनिटरिङ भने गछौं,' बिहीबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी खरेलले भने।मर्यादित व्यवहार भनेको कस्तो? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनको जवाफ थियो– नेपाली समाजले सहजरूपमा लिन सक्ने व्यवहार। भ्यालेन्टाइन दिवसको अनुभवसम्बन्धी जिज्ञासामा उनले मागी विवाह भएकाले त्यस्को अनुभव नभएको बताए। ‘मैले एरेन्ज म्यारिज गरेको हुँ, त्यसैले भ्यालेन्टाइन दिवसको अनुभव छैन।'

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More