५ फागुन, काठमाडौं । आइतबार दिउँसोबाट हराएको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान अर्घाखाँचीको ढिकुरा गाविसको ८ मसिनेलेकमा दुर्घटना भएको पुष्टि छ ।घटनास्थल पुगेका प्रहरी निरीक्षक गोविन्द पन्थीले विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको बताएका छन् । सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीको उद्दार सुरु गरेको छ । घटनास्थलमा रहेका सशस्त्रका प्रहरी निरीक्षक किरण खत्रीले पश्चिम क्षेत्र शसस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका बाहिनीपति डीआईजी नारायणबाबु थापालाई दिएको जानकारी अनुसार १८ जनाको शव भेटिएको छ । केहीको शव भने पहिचान हुन सक्ने अवस्थामा रहेको थापाले बताए ।
दुर्घटनास्थल करिब सात हजार फिट उचाईमा रहेको नेपाली सेनाले जनाएको छ ।
डाँडामा ठोकिएर दुर्घटना भएको अनुमान गरिएको विमानका टुक्रा र मृतकको शवका टुक्रा २/३ सय मिटर वरपर भेटिएका छन् ।स्थानीयबासीले सोमबार विहान मसिनेलेकमा विमान दुर्घटना भएको खबर गरेपछि प्रहरी टोली गएको थियो । यसअघि खिदिममा दुर्घटना भएको भनिएको थियो ।काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको विमानमा विमानमा चालक दलका सदस्य र एक बालकसहित १८ जना छन् अन्तिम पटक १:१३ मा भैरहवा विमानस्थलसँग सम्पर्क हुँदा क्याप्टेनले मौसम खराव रहेको सूचना दिएका थिए । अपराह्नतिर त्रिभुवन विमानस्थल टावरका अधिकारीहरुले विमान अर्घाखाँचीको खिदिम जंगलमा दुर्घटना आशंका गरेका थिए ।को-को चढेका थिए विमानमा विमानमा कांग्रेस जुम्लाका सभापति मानव सेजुवाल, पत्रकार गौरी कठायत, टेकबहादुर महतरा, नन्दा महतरा, डी महतरा, वर्षा हमाल न्यौपाने, उमा तामाङ, डा. विकल्प पोखरेल, डीपी उपाध्याय र डेनमार्कका नागरिक थिए ।
यस्तै विमानमा राजेन्द्रप्रसाद देवकोटा, दिपक श्रेष्ठ, डी शाही, आर चौलागाई पनि रहेको खुलेको छ । यस्तै एक वालक रहेको निगमको प्यालेन्जर लिष्टमा उल्लेख छ ।विमानको पाइलट शंकर श्रेष्ठ, को-पाइलट रवीन्द्र बन्जारा र एयर होस्टेस मुना महर्जन थिए ।