BICITRA KHABAR

BICITRA KHABAR

बिमान दुर्घटना बेपत्ता भएका कोपाइलट रवीन्द्र बन्जारा र एयरहोस्टेज मुना महर्जन

                                        यी हुन् हराएको जहाजका पाइलट र एयरहोस्टज

को-को चढेका थिए विमानमा ?
अर्घाखाँचीको खिदिम जंगलमा दुर्घटना भएको विमानका लागि १० जनाले कर्णाली ट्राभलबाट टिकट काटेको खुलेको छ ।ट्राभलले जनाए अनुसार टिकट काट्ने कांग्रेस जुम्लाका सभापति मानव सेजुवाल, पत्रकार गौरी कठायत, टेकबहादुर महतरा, नन्दा महतरा, डी महतरा, वर्षा हमाल न्यौपाने, उमा तामाङ, डा. विकल्प पोखरेल, डीपी उपाध्याय र डेनमार्कका नागरिक थिए  ।यस्तै विमानमा राजेन्द्रप्रसाद देवकोटा, हुम्लाका हुलाक प्रमुख उमा श्रेष्ठ, कृष्णनाथ योगी पनि रहेको खुलेको छ । थप दुर्इ यात्रुको परिचय खुलेको छैन ।विमानको पाइलट शंकर श्रेष्ठ, को-पाइलट रवीन्द्र बन्जारा र एयर होस्टेज मुना महर्जन थिए ।यी हुन् हराएको जहाजका पाइलट र एयरहोस्टज

नेपाल वायुसेवा निगमको पोखराबाट जुम्ला जाँदै गर्दा बेपत्ता भएको जहाजका पाइलट शंकर श्रेष्ठ करिब ४५ वर्षका थिए। निगमका अनुभवी चालक श्रेष्ठको स्थायी घर हेटौडा हो। उनी ललितपुर सानेपामा बस्छन्। कोपाइलट रवीन्द्र बन्जाराले मलेसियाबाट पाइलट तालिम गरेका हुन्।काठमाडौँकी एयरहोस्टेज मुना महर्जन केही वर्षदेखि निगममा कार्यरत छिन्। विमानमा एक सैनिक मेजर पनि यात्रारत थिए।दुर्घटनामा परेको नाइन एनएबीबी विमान ४२ वर्षदेखि निगमको उडान भर्दै आएको थियो।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More