स्पाइडरम्यानका रुपमा चर्चित हलिउड नायक एन्ड्रिउ गारफिल्डले एक भिडियो सन्देश मार्फत नेपाली वातावरण संरक्षणमा आफूले चाल्न लागेको कदममा सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।‘अर्थ आवर’ अभियानका लागि उनी यतिबेला सिंगापुरमा आफ्नो बहुचर्चित ‘स्पाइडरम्यान’को दोस्रो सिक्वेलको च्यारिटीमा व्यस्त छन् । उनी आफ्नी प्रेमिका तथा सोही फिल्मकी अभिनेत्री एमा स्टोनसँगै छन् ।भिडियोमा नेपालको तराई क्षेत्रमा राष्ट्रसंघिय निकाय डब्लुडब्लुएफले गरेको बायोग्याँस ऊर्जाका दृश्यहरुलाई समावेश गरिएको छ । यो अभियानबाट संकलित रकम नेपालको जैविक ऊर्जामा लगानी हुने गारफिल्डले भिडियोमा भनेका छन् ।