BICITRA KHABAR

BICITRA KHABAR

कतारमा ग्यास टंयाकी पड्किदा ३ नेपालीको मृत्यु १२ नेपाली घाईते

रवि रोषी, दोहा । फागुन १६ कतारको ल्याण्डमार्क नजिक इस्तानबुल रेष्टुरेन्टमा ग्यास टंयकी पड्किदा ३ नेपालीले मृत्युवरण गर्न पुगेका छन् ।कल ३२ जना घाईते मध्ये १२ जना नेपाली परेको दुतावास स्रोतले जनाएको छ । अन्य २० जना अन्य मूलका नागरिक रहेको जानकारीमा आएको छ । कतारको आन्तरिक मामिला मन्त्रालयले दिएको जानकारी अनुसार मृत्युवरण गर्ने नेपालीहरुमा टंक बहादुर क्षेत्री, दुर्गा बहादुर कार्की र मान बहादुर खत्री रहेका छन् । मृतक तीनै जना बाग्लुंग जिल्लावासी रहेको जानकारीमा आएको छ । 
कतार स्थित नेपाली राजदुतावासका श्रम सहचारी इन्द्र देव पाण्डेले जानकारी पाए लगत्तै अस्पताल पुगी सो को विस्तृत जानकारी लिनुभएको थियो । उपचाररत घाइते १२ जना नेपाली सबै खतरामुक्त रहेको उहाँले जानकारी गराउनुभएको छ । 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More