काठमाडौं, फाल्गुन १२ । प्रहरीले त्रिभुवन विमानस्थलबाट २ किलो ६ सय ६९ ग्राम कोकिन बरामद गरेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले आइतबार ब्राजिल हुँदै काठमाडौं आएका नामिबियाका नागरिक रेमन जुङ्गु ओपललाई कोकिनसहित पक्राउ गरेको हो ।नेपालमा बरामद भएको कोकिनको यो परिमाण अहिलेसम्मकै ठूलो भएको प्रहरीले बताएको छ ।बरामद भएको कोकिन मध्ये ओपलले ४५ वटा क्याप्सुल निलेर आएका थिए भने बाँकी क्याप्सुल झोलामा राखेर ल्याएको प्रहरीले जनाएको छ ।प्रहरीले उनलाई अस्पताल भर्ना गरी क्याप्सुल निकालेको हो । बरामद भएको कोकिनको मूल्य ५ करोड ३३ लाख रुपैयाँ भन्दा बढी रहेको प्रहरीले जनाएको छ ।