४ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विश्वका नराम्राको सूचीमा दसौं स्थानमा परेको छ । यात्रुहरु उडानका लागि आवश्यक प्रक्रिया पूरा गर्नका साथै केही समय पर्खाइका लागि पनि विमानस्थल परिसरमा रहन्छन् । यस्तोमा विमानस्थलको सेवा-सुविधाको स्तरले यात्रुलाई धेरै प्रभाव पार्छ । अन्तर्राष्ट्रिय वेभ पोर्टल वैल्सटचटसिट डटकमले गत जनवरीमा सार्वजनिक गरेको सूचीमा त्रिभुवन विमानस्थल उक्त स्थानमा परेको हो ।सानो मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विभानस्थलको अध्यागमनमा कर्मचारीहरुले राम्रो व्यवहार नगर्ने, अनावश्यक प्रश्न सोधेर झन्झट दिने, प्रस्थान हल सानो भएको र मर्मत/सुधारका काम प्रभावकारी नदेखिएको लगायत कारणले नराम्रो विमानस्थलको सूचीमा परेको हो । ‘प्रस्थान बोर्डको अवस्था साना बच्चाहरुले खेलेको अव्यवस्थित फुटबल खेल मैदान जस्तो छ,’ सीएनएन ट्राभलको भनाईलाई उक्त वेभपोर्टलले उदृत गरेको छ । नेपाललाई अन्तर्राष्ट्रिय मुलुकसँग जोड्ने विमान कम्पनीहरुलेसमेत यी सबैको गुनासो पहिलेदेखिनै गर्दै आएका छन् ।
तर थोरै भएपनि नागरिक उड्डयन प्रधिकरणले गरेको सुधारका कारण विमानस्थल १० औ स्थानमा उक्लेको हो । यसअघि सन २०११ मा सीएनएन ट्राभलले निकालेको विश्वका खराब विमानस्थलको सूचीमा त्रिभुवन विमानस्थल ८ औ स्थानमा थियो ।तेस्रो खराबमा न्युर्योक त्यस्तै न्युर्योकको जान एफ केन्डी इन्टरनेसनल नराम्रा विमानस्थलको सूचीमा तेस्रो स्थानमा परेको छ ।खुला व्यागेज सेक्युरिटी चेक र बढी कीरा फट्याङ्ग्राको समस्याका कारण रिपब्लिक अफ चादको एनडिजामिना इन्टरनेसनल विमानस्थल चौथो स्थानमा परेको छ । यी दुवै समस्याबारे यात्रुहरुले बारम्बार गुनासो गरेपनि विमानस्थलले कुनै सुधार नगरेको वेभपोर्टलले लेखेको छ ।वेभपोर्टलको सूचीमा सबैभन्दा नराम्रो विमानस्थलको रुपमा साउ पाउलो गाउरुहोस अन्तर्राष्ट्रिय विमानस्थल परेको छ । लामो अध्यागमन लाइन, घोषणा नगरी गेट परिवर्तन गरिने र महँगो खाना र पेय पदार्थका कारण साउ पाउलो नराम्रो विमानस्थलमा पर्छ । दोस्रोमा भने सिकागो मिडवे इन्टरनेसनल विमानस्थल रहेको छ ।