नायक राजेश हमालको बिहे कहिले हुन्छ यसै भन्न सकिने अवस्था छैन । फाल्गुन महिनामा राजेश हमालले प्रेमिका मधु भट्टराइसँग बिहे गर्ने जनाएका थिए । तर अब भने उनले फाल्गुनमा बिहे नहुने छनक देखाएका छन् ।परिवारका सबै सदस्यहरु जम्मा नभएकाले हमालले फाल्गुनमा बिहे नहुने जनाएका हुन् । हमालले आफ्नो बिहे अब नयाँ बर्षको पहिलो महिनामा हुने संकेत गरेका छन् ।राजेश हमालको बिहे कहिले हुन्छ भनेर लाखौ दर्शकहरु प्रतिक्षामा छन् । तर हमालले भने बारम्बार बिहे सारेको सार्यै छन् । उनले बिहेको लागि सबै कुरा मिलाउन निक्कै गाह्रो हुने भन्दै फाल्गुनमा बैबाहिक जीबनमा नबाधिने बताएका हुन् ।