विराटनगर ११ बलुवाइकी २६ वर्षिया फुलकुमारी सहनीका लागि छोरी जन्माउनु नै कसुरजस्तै भइदियो। त्यसको सजायस्वरुप उनले घरै छोड्नुपर्यो । नौ वर्षिय मुस्कान, चार बर्षिय खुसी र अढाई बर्षिय खुस्बुलाई घरमै छोडेर उनी अर्कैको घरमा शरण लिएकी छन् ।छोरी जन्माएको भन्दै पतिबाट निरन्तर यातना तथा पीडा भोग्दै आएकी फुलकुमारी ज्यान जोगाउन घर छोड्न वाध्य भएकी छन् । पति नरेश साहको यातना सहन नसक्दा उनले गत शनिबारदेखि घर छाडेकी हुन । उनी अहिले चिनजानकी दुर्गा श्रेष्ठको घरमा शरण लिएर बसेकी छन् ।फुलकुमारीका पतिको यातना र मार्ने धम्की दिएपछि सुरक्षाका लागि आफुले उनलाई घरमा आश्रय दिएको दुर्गाले बताइन् । फुलकुमारीले भनिन्, जे गरे पनि आफ्नै पति हो भनेर नौ वर्ष सहेर बसे, अब अति भयो । अनि ज्यान जोगाउन घर छाड्नुपर्यो ।आफूले घर छोडेपछि छोरीहरूको विचल्ली भएको उनले बताइन् । दिनमा चार पाँचवटा घरमा सफाई गरेर त्यस बापत आएको पैसाले पति सहित छोरीहरू पाल्दै आएकी थिइन् । ज्यान जोगाउन मैले घर छाडे तर छोरीहरु भोकभाकै मोर्छन् कि भन्ने पीर छ, उनले भनिन् ।
११ वर्ष अघि नरेशसँग विवाह फुलकुमारीले दुई वर्ष जति पतिले राम्रै व्यवहार गरेको बताइन् । पहिलो छोरी जन्मिपछि नै पीडा दिने क्रम सुरु भयो, उनले भनिन्, ुदोस्रो सन्तानका रु पमा पनि छोरी जन्मिएपछि झन् शारीरिक र मानसिक दिने क्रम बढ्यो । तेस्रो सन्तान पनि छोरी नै जन्मिएपछि रातदिन रक्सी खाएर आउँदै कुटपिट गर्न थाले भनेर आजको अन्नपूर्ण पोस्टमा यो खवर छापिएको छ ।