पोल्याण्डको अदालतले माहुरी मारेको अभियोगमा त्यहाँकी एक महिलालाई ४ महिनाको जेल सजायँ सुनाएको छ । जोन एस ड्यु नामकी ती महिलामाथि २० लाख माहुरीको हत्या गरेको अभियोग लागेको थियो ।
अदालतका अनुसार उनले किटनाशक औषधीको प्रयोग गरी ३८५ घार माहुरीको नष्ट गरेकी थिइन् । मंगलबारको अन्तिम सुनुवाईमा उनलाई दोषी ठहर गर्दै जेल चलान गर्ने आदेश दिइएको छ ।पोल्याण्डका स्थानीय संचारमाध्यमका अनुसार यी महिलाले सन् २०१० मा लामखुट्टे मार्न ब्यापक मात्रामा औषधी छरेकी थिइन् । तर, सो औषधीको प्रयोगले आसपास रहेका माहुरीपालक किसानका ठूलो मात्रामा महुरी नष्ट भए ।यो आदेशबाट त्यहाँका माहुरीपालक किशान खुसी भएका छन् । यसले जथाभावी किटनाशक औषधी प्रयोगमा कमी आउने माहुरीको संरक्षमा बल पुग्ने उनीहरुको भनाई छ ।