BICITRA KHABAR

BICITRA KHABAR

इटालीमा ६ सय १८ नेपालीको चिहान, १६ बर्षे किशोर पनि सहिद

४ फागुन, काठमाडौं । इटालीको पहाडी क्षेत्र मोँतेजमा बस्ने चितवनका शम्भु घिमिरे रिमिनीस्थित सिंगला बार्बक नामको सामूहिक चिहानघर पुग्दा जहिल्यै भावुक हुन्छन् ।सात समुन्द्रपारिको देशमा कोही आफन्त, शुभेच्छुक वा प्रियजनको मृत्युले उनलाई भावुक बनाएको होइन् । अक्सर नेपाली नपुग्ने यस क्षेत्रमा पुगेकाहरु पनि रसाएका आँखा लिएर निस्कन्छन् । किनभने, त्यहाँ ज्ञात(अज्ञात ६ सय १८ नेपालीको चिहान छ । ती नेपाली ७१ वर्षअघि दोस्रो विश्वयुद्धका बेला बेलायतको पक्षमा जर्मनीविरुद्ध बेला बेलायतका पक्षमा जर्मनीविरुद्ध लड्दा मारिएका थिए, जसका बारेमा धेरै नेपालीलाई समेत थाहा छैन् ।इटालीको उत्तरपूर्वी समूद्री तटमा रहेको यो ठाउँमा बेलायतको विख्यात बहादुरी पदक भिक्टोरिया क्रसद्धारा मरणोपरान्त सम्मानित राइफलम्यान थममान गुरुङ र सेरबहादुर थापासहित ज्ञात ५ सय ९१ र अज्ञात २७ जना गरी ६ सय १८ जना नेपालीको चिहान छ ।

यो गोर्खाली फौज इन्डियन राइफल्सबाट यहाँ जर्मनीविरुद्ध लड्न १९४३ मा इटाली आइपुगेको भारत सरकारले यहाँ बनाएको सैनिक स्मारकमा उल्लेख छ । नेपाली सैनिकहरु गोरखा रेजिमेन्ट्स अन्तर्गत त्यतिखेर भारतमा तैनाथ थिए, जो बेलायतका पक्षमा लड्थे ।स्मारकमा उल्लेख भए अनुसार यहाँ दोस्रो, चौथो, पाँचौं, छैटौं र सातौं गोर्खा राइफल्सलगायत विभिन्न गोर्खा राइफल्समा भर्ती भएका नेपाली सन् १९३९ देखि १९४५ सम्म लडेका थिए । र, यहाँ मारिनेमध्ये धेरै सातौं गोर्खा राइफल्सका रहेको नेपाल साप्ताहिकमा ददिराम सापकोटाले लेखेका छन् ।प्रथम र दोस्रो विश्वयुद्धले कति क्षति पुर्यायो भन्ने अध्ययन गर्न बेलायतले एउटा संस्था नै खोलेको थियो, कमन वेल्थ ग्रेभ कमिसन्स । यसले उनीहरुको तर्फ के कति क्षति भयो, खोजविन गरेर अभिलेख राख्ने काम गर्न थाल्यो । जानकारी पाएसम्म मृतकको नाममा उनीहरुले चिहान बनाए ।अहिले पनि ग्रेभ कमिसन्सले सबै चिहान घर र स्मारकको रेखदेख, मर्मत सम्भार गर्छ । घटनासित सम्बन्धित प्राप्त सबै अभिलेख राख्ने काम पनि गर्छ । कमिसन्सले अझै पनि खोजबिन गरिरहेको छ ।तर, भनिन्छ भारतीय रमिनीको यो चिहान घरमा भारत सरकारले एउटा ठूलो स्मारक बनाएको छ । त्यसमा ‘लडाइँको मैदानमा वीरगति पाउने र जसको दाहसंस्कार गरियो, ती भारतीय सैनिकको सम्मानमा यो स्मारक निर्माण गरिएको हो,’ भन्ने बेहोरा हिन्दी भाषामा उल्लेख छ । यही वाक्यले धेरै नेपालीलाई दुःखी बनाउँछ । किनभने, त्यहाँ मारिएका झन्डै सबैजसो सैनिक नेपाली छन् । तर, तिनलाई भारतीय भनेर चिनाइएको छ ।
पहिलो र दोस्रो विश्वयुद्धका बेला भारत स्वतन्त्र मुलुक नभएकाले ती सैनिकलाई भारतीय सैनिक भन्न नमिल्ने तर्क भूतपूर्व गोर्खा सैनिक संगठन (गेसो) बेलायतका उपाध्यक्ष कृष्ण साङपाङ राई गर्छन । ‘त्यस बेला भारत आफैं स्वतन्त्र थिएन । कसरी ती भारतीय सेना हुने ? बेलायतका लागि भारतीय सेनाको तर्फबाट लडेका नेपाली सेना हुन् । ती नेपाली हुन, भारतीय सेना भन्नु अन्याय हो ।’

यस्तो आपत्ति त्यहाँ घुम्न जाने अरु नेपालीले पनि चिहानघरमा राखिएको आगन्तुक पुस्तिकामा व्यक्त गरेका छन् । हस्ताक्षर पुस्तिकामा श्याम तामाङले लेखेका छन्, ‘नेपाली मर्दा पनि भारतीय बनाउनु लाजमर्दो कुरा हो । तिनले नेपाली भएरै मर्न पाउनुपर्छ । तीमाथि न्याय नहोस् ।’प्राप्त दस्तावेजका अनुसार रिमिनीमा गोर्खाली सैनिकहरु विभिन्न भारतीय पल्टनबाट लड्न आएका थिए । भारतीय पल्टनका तर्फबाट लड्न ल्याइएका तिनै नेपाली नै त्यहाँ मारिएका थिए ।तर स्मारकमा भने तिनलाई कहीँ पनि नेपाली भनिएको छैन् । त्यहाँ उल्लेखित घरको ठेगानाबाट भने उनीहरु नेपाली भएको प्रस्टै थाहा हुन्छ । त्यहाँ लड्न आएकामध्ये केहीको नाम फेला नपरेकाले सैनिकहरुको नामावली सूची र स्मारकमा ‘एक भारतीय सैनिक’ मात्र लेखिएको छ ।

प्रथम विश्वयुद्ध सन् १९१४ देखि १९१८ सम्म भए पनि नेपाली भने १९३९ देखि १९४५ सम्म लडेको स्मारकमा उल्लेख छ । र, त्यो समय दोस्रो विश्वयुद्धको हो । तर, जर्मनीविरुद्ध लड्न आएका अन्य गोर्खा सैनिक बेल्जियमको इपरस्थित स्मारकमा सन् १९१५ मै आइपुगेको उल्लेख भएकाले इटालीको स्मारकमा उल्लेखित दस्तावेजले शंका उत्पन्न गराउँछ ।केही नेपाली सेनाको उमेरसम्म उल्लेख नहुनाले ती बाल सैनिक हुन सक्ने अड्कल पनि गरिन्छ । त्यहाँ १६ वर्षमुनिका किशोरलाईसमेत संलग्न गराइएको हुन सक्ने नेपालीहरु बताउँछन् ।कमनवेल्थ ग्रेभ कमिसन्सको रिपोर्टमा उल्लेखति २७ जना अज्ञात सेनाको नाम नहुनुमा साह्रै कम उमेरका समेत भएकाले नाम नराखिएको हुन सक्ने उनीहरुको आशंका छ ।‘बेलायतीहले त्यहाँ १४–१५ वर्षका नेपालीलाई पनि ल्याएकोले नाम भएर पनि नदिएको हुन सक्छ । यसको सत्यतथ्य खोज्नुपर्छ,’ भेनिसका अम्मर गुरुङले इमेलमा प्रतिक्रिया दिएका छन् ।सहिद हुने १६ वर्षे किशोर पनिउक्त युद्धमा मारिएका ६ सय १८ नेपाली सैनिक मध्ये सातौं गोर्खा राइफल्सका नायक १६ वर्षका मनबहादुर राईसम्म छन् । उनको उमेरले नै बताउँछकी उनी त्यस बेलाको कानुनविपरित सेनामा भर्ती गरिएका थिए । उनीसँगै १७ वर्षका कर्णध्वज राईलगायत केही किशोरको नामावली स्पष्ट उल्लेख छ,स्मारकमा ।युरोपेली कानुनले १८ वर्ष नपुगेकालाई बालिग मान्दैन । त्यसैले नेपाल सरकारले यसमा ध्यान दिए अझै पनि लडाइँमा संलग्न गराउनेलाई कारबाही र त्यसको क्षतिपूर्ति हुनसक्ने सम्भावना छ ।

गेसोका उपाध्यक्ष राई भन्छन् ‘हामीले कस्तो घटनासम्म पायौं भने बाबु र छोरा दुबैलाई एकैचोटी भर्ती गरेका छन्, बेलायती सेनामा । त्यो त ठाडै कानुनको उल्लघंन हो । १६ वर्षका किशोरलाई युद्धमा संलग्न गराउनै पाइदैन ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More