BICITRA KHABAR

BICITRA KHABAR

‘बक्षस्थल बिग्रिएको’ भन्दै महिला चालकद्वारा सिट बेल्ट बाँध्न अस्वीकार

गाडीमा बस्नासाथ हाम्रो हात सिट बेल्टमा जान्छ । कुनै कारण बिर्सिइहाले ट्राफिक देख्नासाथ सिट बेल्ट बाधिहालिन्छ । किनकी, ट्राफिक नियममा सिट बेल्ट नबाध्नु कानुनको उल्लंघन हो ।तर, बेलायतको लिंकनशायरमा एक महिलाले सिट बेल्न बाँध्न अस्वीकार गरेकी छिन् । उनले जुन कारण देखाएर सिट बेल्ट बाँध्न अस्वीकार गरिन, त्यो सुनेर ट्राफिक प्रहरी ट्वाँ परेका छन् ।फेब्रअुरी २३ तारिख अपरान्ह लिंकनसायर रोडमा खटिएको ट्राफिकले ती महिलालाई रोकेर बेल्ट लगाउन चेतावनी दियो । सिट बेल्ट नबाँध्दा दुर्घटना हुनसक्ने भन्दै प्रहरीले बेल्ट लगाएर मात्र चलाउन सल्लाह दियो ।तर, ती महिलाले सिट बेल्टको नियम आफुलाइ थाहा भएको भन्दै नबाध्नुको कारण खुलाइन- ‘सिट बेल्टले मेरो बक्षस्थललाई पीडा भयो, यसले मेरो बक्षका आकार बिगारिदियो ।’उनले ट्राफिकको अनुरोध मान्नुको सट्टा ५ सय पाउण्ड जरिवाना तिर्न उचित ठानिन् । जरिवाना तिरेपछि उनी बेल्ट नलगाई त्यहाँबाट हिडिन् ।लिंकनसायर पुलिसले आफ्नो ट्वीटर अकाउन्टमा लेखेको छ- ग्रान्थममा एक महिला पाखुरामुनी बेल्ट लगाएर गाडी चलाइरहेको अबस्थामा भेटिइन, हामीले लगाउन सल्लाह दियौँ, तर उनले भनिन- यसले मेरा बक्षस्थल बिगार्‍यो ।’

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More