BICITRA KHABAR

BICITRA KHABAR

मृत्युदण्डबाट जोगिए मलेसियामा नेपाली : १० वर्ष कैद सजायँ मात्र

१६ फागुन, काठमाडौं । आफनै कम्पनीमा कार्यरत साथीको हत्या अभियोग लागेका एक नेपाली मृत्युदण्डको सजायँबाट जोगिएका छन् । कम्पनीका सुपरभाइजरको हत्या गरेको अभियोगमा उनलाई मृत्युदण्डको सजायँ दिन माग गर्दै अदालतमा मुद्दा चलिरहेको थियो ।मलेसियाको उच्च उदालतले उनलाई मृत्युदण्डको सट्टा १० वर्षको जेल सजायँ सुनाएको छ । जोहोरको तामान सन्तोषामा रहेको एक बेकरी कम्पनीमा कार्यरत धनुषा बेंगादवार-४ घर भएका सुरवीर गोलेलाई अदालतले उक्त सजाय सुनाएको हो ।६ सेप्टेम्बर २०१२ का दिन कम्पनीको सुपरभाइजर तान एई पिङको हत्या अभियोगमा उनी दुई वर्षअघि पक्राउ परेका थिए । मलेसियावाट प्रकाशित द सन पत्रिकाले जनाएअनुसार गोलेले छुरा प्रहार गरेकाले मृत्युमा उनी पनि दोषी देखिएको फैसलामा उल्लेख गरिएको छ ।पिङले आफूलाई मानसिक तथा शारीरिक पीडा दिएको र चार महिनासम्म छुट्टीसमेत नदिएको बयान गोलेले अदालतमा दिएका थिए । उनको उक्त भनाई सीसीटीभी रेकर्डले समेत पुष्टि गरेको थियो भने प्रत्यक्षदर्शीले पनि गोलेमाथि सुपरभाइजरले अन्याय गरेको बयान दिएका थिए ।सोही आधारमा अदालतले उनलाई मृत्युदण्डको सट्टा १० बर्ष कैद सजायँमात्र सुनाएको हो । ‘तिमीमाथि भएको अन्यया पनि हामीले महसुस गर्‍यौं’ इजलासमा न्यायाधीशले गोलेलाई भनेका थिए-’तर तिमीले जे गर्‍यौ, त्यो कानुनबिपरित हो, तिमीले कानुनको पालना गर्नुपर्छ ।’आफुले हत्या गर्ने मनसायबाट छुरा नहानेको भन्ने उनको बयानले गर्दा अदालतले कैद सजायँ घटाइदिएको हो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More