काठमाडौं, ४ फागुन । सन् १९४९मा नेपाली धर्तीमा पहिलो पटक विमान अवतरण गरेको थियो । विमान अवतरणको इतिहासले ६ वर्ष पनि पूरा गर्न नपाउदै सन् १९५५को मार्च ८ मा कालिंगा एयरको जहाज सिमरामा दुर्घटना हुँदा दुई जनाका ज्यान गएको थियो । यो नै नेपालको पहिलो विमान दुर्घटना थियो । त्यसपछि नेपाली अकासमा लगातार जसो विमानहरु दुर्घटनामा पर्नेक्रम बढ्दै जान थाल्यो । सिमराबाट सुरु भएको विमान दुर्घटनाको त्रासदी र घाउहरु एक पछि अर्को गर्दे बढिरहेका छन् । दुर्घटनाका शृङ्खला जारी रहदाँ आइतबार दिउँसो पोखराबाट जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगमको ९ एन एबीबी ट्विनअटर जहाज अर्घाखाँचीको खिदिममा दुर्घटनाग्रस्त भएको छ ।
यससंगै नेपाली आकाशमा विमान सञ्चालनको ६५ वर्षे इतिहासमा दुर्घटनाको संख्या ७१ पुगेको छ । यसअघि २०६९ साल असोज १२ गते करिब ६:१५ बजे त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलबाट सोलुको लुक्लाका लागि उडेको सीता एयरको नाइन एन ए एच ए कल साइन भएको विमानमा अकस्मात चरा ठोक्किदा आकस्मिक अवतरण गर्ने क्रममा विहान करिब ६:२५ बजे भक्तपुर स्थित मनोहरा खोलामा दुर्घटनाग्रस्त हुनपुग्यो । विमान दुर्घटनाका कारण चालक दलका तीन सदस्य सहित अन्य १९ जनाको घटनास्थलमै मृत्यु भयो । यससंगै सोही वर्ष जेष्ठ १ गते जोमसोम विमानस्थल नजिकै अग्नी एयरको नाइन एन एआईजी कल साइन रहेको विमानले अर्को दुर्घटनाको नियती ब्यहोर्नु प-यो । ६५ औं विमान दुर्घंटना मध्ये ०६८ साल असोज ८ गते ललितपुरको विशंखुनारायण गाविसमा बुद्ध एयरको विमान दुर्घटनाग्रस्त हुदा १९ जनाले ज्यान गुमाएका थिए ।
नेपालले ९०को दशकमा उदार अकाश नीति लिएपछि निजी जहाज कम्पनीको संख्यामा पनि भारी बृद्धि हुन पुग्यो । यो संगै दुर्घटनाको कहाली लाग्दो तथ्याङ्कले पनि उत्तिकै ठाउँ पायो । मिति १५ अक्टोबर १९७३ १५ अक्टोबर १९७३ तत्कालीन शाहीनेपाली वायुसेवा निगमको क्यानाडामा निर्मित डि एच सी ६ट्वीन्टर ३०० नामक विमान लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनमा चालकदलका तीन सदस्य र तीन यात्रु घाइते भएको तथ्याँक छ । मिति ९ जुन १९९१ ९ जुन १९९१ मा तत्कालीन वायुसेवा निगमकै ६ ट्वीन्टर ३०० नामक विमान काठमाडौबाट लुक्लाका लागि उडेका बेला खराब मौसमका कारण अवतरणमा समस्या आएपछि दुर्घटना भएको थियो ।सो दुर्घटनामा परी चालक दलका तीन र अन्य १४ यात्रुको मृत्यु भएको थियो । मिति ३१ जुलाई १९९२ ३१ जुलाई १९९२ मा थाइ एयरलाइन्सको अन्र्तराष्ट्रिय विमान दुर्घटना हुदा विमानमा सवार १सय १३ जनाको मृत्यु भएको थियो । थाइ एयरको ३१०३०४ नामकविमान काठमाडौ अवतरण गर्ने क्रममा पहाडमा ठोक्कीदा दुर्घटना भएको थियो । मिति २८ सेप्टेम्बर १९९२ मा पाकिस्तान एयरलाइन्सको २६८ विमान दुर्घटना हुदा १ सय ६७ जनाको मृत्यु भएको थियो । सो विमान पनि पहाडमा ठोक्कीएको थियो । मिति १७ जनवरी १९९५ १७ जनवरी १९९५मा नेपाल वायुसेवा निगमको डिएचसी ६ ट्वीन्टर ३०० विमानकाठमाडौबाट रुम्जाटार जानेक्रममा धावनमार्गमै खराबी भएपछि दुर्घटना भएको थियो । सो दुर्घटनामा चालक दलका एक सदस्य र २१ यात्रुमध्ये १ जना चालक दलकासदस्य र एक यात्रुको मृत्यु भएको थियो भने अन्य घाइते भएका थिए । मिति ५ सेप्टेम्बर १९९९ ५ सेप्टेम्बर १९९९मा नेकोन एयरको १२८ विमान पोखराबाट काठमाडौ आउने क्रममा दुर्घटना भएको थियो । बीइए ७४८ विमान काठमाडौबाट २५ किलोमिटर पश्चिम थानकोटमा रहेको नेपालटेलिकमको टावरमा ठोक्कीदा दुर्घटना भएको थियो ।
सो दुर्घटनामा परी चालक दलका ५ र १० यात्रु गरी १५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मिति २५ मे २००४ २५ मे २००४मा काठमाडौबाट लुक्ला जाने क्रममा यती एयरलाइन्सको डि एच सी ६ट्वीनट्र ३०० नामक विमान लुक्ला विमानस्थल पुग्ने क्रममा खराब मौसमकारण लाम्जुरा पहाडमा ठोक्कीएर दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यको मृत्यु भएको थियो । मितिः १ अक्टोबर २००४ अक्टोबर १, २००४मा सीता एयरलाइन्सको डोनियर २२८ विमान लुक्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो । मिति ः ३० जुन २००५ ३० जुन २००५ मा गोरखा एयरलाइन्सको डोनियर २२८ विमान लुक्ला विमानस्थलमा अवतरणको क्रममा धासीएर दुर्घटना हुदा चालक दलका तीन र अन्य र्नौ यात्रु सामान्य घाइते भएका थिए । मिति ः आठ अक्टोबर २००८ ८ अक्टोवर २००८मा यती एयरलाइन्सको १३० ट्वीन्टर विमान अवतरणको क्रममा आगलागी भएपछि त्यसमा सवार १८ यात्रुको मृत्यु भएको थियो भने त्यसबाट पाइलटलाई सकुशल उद्धार गरिएको थियो ।
मिति २४ डिसेम्बर २००८ २४ डिसेम्बर २००८ मा नेपाल एयरलाईन्सको डीएचसीजी ट्वीनअटर ३०० नाइन एनएबीएम हेलिकोप्टर उडान भर्ने क्रममा ताप्लेजुङको घुन्सामा दुर्घटना भएको थियो । तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहितका उत्त पदस्थ सरकारी अधिकारीहरु सवार उक्त हेलिकोप्टर दुर्घटनालाई निकै भयानक मानिने गरेको छ । मितिः२४ अगष्त २०१० अगस्त २४ २०१०मा अग्नी एयरको नाइन एन एच डी २२८ डोनियर एयरक्राफ्ट विमान सोलुको लुक्ला विमानस्थलबाट काठमाडौ फर्कने क्रममा मकवानपुरको शिखरपुरमा दुर्घटना हुदा विमानमा सवार ६ विदेशी र चालक दलका सदस्य सहित ८ नेपालीकोमृत्यु भएको थियो । त्यो भन्दा अघि कार्तिक २१ गते लुक्लाबाट सोलुखुम्बुको आमाडब्बल बेसक्याम्पका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर बेसक्याम्प नजिक दुर्घटनाग्रस्त हुदा हेलिकप्टरमा सवार पाइलट सविन बस्नेत र इन्जिनियर पूर्ण अवालेको मृत्यु भएको थियो ।
जापानी पर्वताराहीको उद्धारकालागि गएको सो हेलिकोप्टर १८ हजारको फिटमा रहेका बेला खराब मौसमका कारण सिधा आकाशबाट जमिनमा झरेको थियो । मितिः १६ डिसेम्बर २०१० १६ डिसेम्बर २०१० मा तारा एयरको ९ एन एएफएक्स नम्बरको विमान ओखलढुगां जिल्लाको विलम्बु गाविस गौरी वनमा दुर्घटना हुदाँ भुटानी नागरिक र चालकदलका सहित १८ जनाको मृत्यु भएको थियो ।