एनपि न्यूज डटनेट, ११ फागुन - भारतको कुरुक्षेत्रका एक किसानले आफ्नो राँगोलाई ७ करोड भारतीय रुपैयाँमा समेत बेच्न मानेनन् । युवी नाम दिइएको राँगोलाई पाल्नु ती किसानको सोख भएकाले बिक्री नहुने भन्दै उनले बेच्न नमानेका हुन् । उक्त राँगोलाई दैनिक ४ किलो स्याउ ख्वाइने गरेको र स्वास्थ्य सही राख्न दैनिक केही किलोमिटर हिंडाउने गरिएको छ । कर्मवीर नाम गरेका किसान जसले राँगो पालिरहेका छन् । किसान का अनुसार राँगोले आफ्नो जिन्दगीमा ठूलो महत्त्व राख्छ । मोहालीमा भएको पशु मेलामा उनको राँगोसीका लागि ७ करोडको प्रस्ताव आएको थियो । ‘आफ्नो बच्चा बेच्नका लागि होइन,’ ती किसान भन्छन् । किसानले राँगाको वीर्य बेचेर वार्षिक ३५ देखि ४० लाख रुपैयाँ आम्दानी गर्छन् । पशु मेलामा युवी नामक राँगाले धेरै राष्ट्रिय पुरस्कार पनि जिती सकेको छ ।