BICITRA KHABAR

BICITRA KHABAR

जनतालाई बम हान्ने आतकंकारी : प्रमुख निर्वाचन आयूक्त

१ मंसिर, काठमाण्डौ । प्रमुख निर्वाचन आयूक्त निलकण्ठ उप्रेतिले जनतामा भय त्रास उत्पन्न गर्ने र अमानवीय आक्रमण गर्नेहरु आतंककारी भएको बताउनु भएको छ । उहाँले अबोध नागरिकहरुलाई हिंसाको सिकार बनाउनेहरुलाई आतंककारी बाहेक केही भन्न नसकिने स्पष्ट पार्नु भयो ।शनिवार विहान रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा उप्रेतिले पशुले समेत आफ्नो जातको कसैलाई नमार्ने गरेको उल्लेख गर्दै मानिस मार्न तयार हुने, पेट्रोल बम प्रहार गर्ने मान्छेहरु आतंकारीबाहेक केही हुन नसक्ने ठोकुवा गर्नु भयो ।
उहाँले भन्नुभयो,’यस्ता कार्य गर्नेलाई बुझाउन आतंककारी बाहेक अर्को शब्द छैन । अवोध नागरिकलाई सिकार बनाउनेहरु राष्ट्रघाती हुन् । यस्तालाई क्षमा दिनु हुँदैन कारवाही गर्नु पर्छ । ‘उप्रेतिले मानवले मानव मार्ने काम घृणा योग्य कुकर्म भएको र त्यस्ता आतंकारीहरुलाई जनताले आफै तिरस्कार गर्ने वताउनुभयो । उप्रेतिले मंसिर ४ को निर्वाचनमा धेरै भन्दा धेरै मतदाताले भोट हाल्ने वताउनुभयो । मतदाताको मतको सुरक्षा गर्नको लागि अस्थायी मतदाता परिचय पत्र वितरण गरेको जानकारी दिँदै उहाँले निर्वाचन सफलता पूर्वक सम्पन्न भए पछि मात्रै यसको महत्व थाहा हुने वताउनुभयो ।

मतदाताहरु निर्वाचनमा मत हाल्न जाँदा एकैपटक सँगसँगै निस्कने भएकोले सुरक्षाको डर नहुने दावी गर्दै उहाँले मतदाताहरु पर्व जस्तै गरेर नाच्दै गाउँदै सवा करोड मतदाता निस्कदा कसैले पनि केही गर्न नसक्ने दावी गर्नु भयो । उप्रेतिले सबै मतदातालाई सम्बन्धीत जिल्लामा जाने गरी सरकारले सुरक्षा सहित सवारी साधन सुचारु गरेको दावी गर्दै निर्वाचनकेा बेला अपाङ, असक्त र बृद्धहरुकालागि सवारी साधनको अनुमति दिएर भए पनि मतदान गराउने बताउनुभयो ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले चुनावको लागि दलहरुले ब्यक्त गरेको प्रतिबद्धताले निर्वाचन निष्पक्ष, स्वतन्त्र, धाधली रहित, विश्वसनीय र भयरहित हुने आधार भएको बताउनुभयो । उहाँले नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यले समेत मतदातालाई अवरोध नगर्ने प्रतिबद्धता जनाएकोले अब निर्भय रुपमा निर्वाचन सम्पन्न हुने विश्वास ब्यक्त गर्नु भयो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More