अमेरिकामा पोर्नस्टारका लागि कन्डम अनिवार्य बनाएपछि फेरि नयाँ नियम लागू गर्ने तयारी गरिएको छ । यो नियम लागू भएपछि पोर्नस्टारले यौन सम्पर्कका क्रममा र पछि निस्कने पदार्थबाट हुने यन्फेक्शनलाई रोक्न सावधानी अपनाउनु पर्नेछ ।डेमी न्यूजमा प्रकाशित समाचार अनुसार एबी ६४० बिल पारित भएपछि सेक्स दृश्यको फिल्मको क्रममा फोर्नस्टारको आँखामा विशेष रुपमा डिजाइन गरिएको चश्मा लगाउनु पर्नेछ ।क्यालिफोर्निया वर्कर सेफ्टी बिलको नयाँ नियमको माध्यमबाट एडल्ट फिल्मको काम गर्ने कलकारहरुले सेक्स सीन सुट गर्ने समयमा प्रोटेक्टिव गगल्स लगाउनु पर्छ ।यद्यपि पोर्नस्टारहरुले भने ल्याउने भनिएको नियमको विरोध गरेका छन् । हालै रिलिज गरिएको एक भिडियोमा पोर्न स्टारले प्रोटेक्टिव कपडा लगाएर हेल्थ इस्पेक्टरको उपस्थितिमा सेक्स गरिएको देखाइएको थियो । एक वर्षपहिले पोर्नस्टारका लागि कन्डम अनिवार्य गरिएको थियो ।



