BICITRA KHABAR

BICITRA KHABAR

अनुहारको ट्युमर फालेपछी श्रीमती पाउने आश...(फोटोसहित)

२३ वर्षका युवकको अनुहारमा मासुका डल्लाहरू झुण्डिएका छन्, यही मासुका डल्लाका कारण आफ्नो विवाह नहुने कुराले निकै चिन्तित छन् । घरबाट बाहिर निस्केर काम गर्ने, पैसा कमाउने र आफ्नो घरबार बसाउने आफ्नो सपना यही मासुको डल्लो अर्थात् अनुहारमा पलाएको ट्युमरका कारण पुरा नहुने देखेपछी निकै चिन्तित छन् युवक ।

ललित राम नामक यी युवकको यही चिन्ता टेलिभिजनबाट प्रसारित भएपछी उनको चिन्ता अहिले आशामा परिणत भएको छ । घरका परिवार लगायत गाउँका छिमेकीले समेत आफ्नो अनुहारमा आएको ट्युमरले गर्दा आफ्नो जीवनमा विवाह नहुने र बाहिर हिड्न समेत नमिल्ने भन्दै चिन्ता दर्शाउन थालेपछी उनको पिडा बढ्दै गएको अवस्थामा टेलिभिजनबाट उनको यो चिन्ताका बारेमा केही चिकित्सकले थाहा पाएपछी उनलाई सहयोग गर्नका लागी आएपछी उनको सपना पुरा हुने बाटोमा अगाडि बढेको छ ।

चिकित्सकहरूले उनको उक्त ट्युमर शल्यक्रिया गरेर फ्याँकिदिएपछी उनको आशा र सपना पुनः जिवित भएको छ । उनी अब आफूले पनि बाहिर गएर काम गर्न पाउने, आफ्नो सानो घर बसाउन सक्नेमा ढुक्क भएका छन् । उनी अब आफुले पनि विवाह गरेर घरजम गर्ने बताएका छन् । उनले आफ्नी पत्नी सामान्य शिक्षित, घरव्यवहार बुझेकी र राम्री हुनुपर्ने बताएका छन् । उनी आफूले चाहेजस्तो सपना पुरा हुनेमा ढुक्क भएका छन् अनुहारको डल्लो फ्याँकेपछी ।

हेरौ तस्विरमा कस्ता थिए ती युवक... 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More