BICITRA KHABAR

BICITRA KHABAR

फिलिपिन्सको आँधीमा कति नेपाली परे ?

काठमाडौँ, २५ कात्तिक । फिलिपिन्समा गएको समुद्री आँधीमा नेपाली नागरिक परे–नपरेको यकिन गर्न सरकारले सम्बन्धित मुलुकका अधिकारीहरूसँगको समन्वयमा सम्पर्क स्थापनाको प्रयास गरिरहेको छ । गत शुक्रबारको आँधीबेहरीमा परी १० हजारभन्दा बढीको ज्यान गएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रवाह गरेको सन्दर्भमा नेपालीको अवस्थाबारे राससको जिज्ञासामा परराष्ट्र प्रवक्ताले त्यस्तो जानकारी दिएका हुन् ।

आँधी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले यकिन विवरण प्राप्त भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच, आँधीबाट १०० नेपाली प्रभावित भएको अनुमान फिलिपिन्सस्थित गैरआवासीय नेपाली सङ्घले गरेको छ । सङ्घका अनुसार उक्त मुलुकमा झन्डै एक हजार नेपाली उच्च शिक्षा, व्यवसाय, व्यापार र अन्तर्राष्ट्रिय सेवाको सिलसिलामा बसोबास गर्दै आएका छन् ।
साभार : फ्रीनेपाल

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More