‘मायाज बार’ डेब्यू हिरो गजित बिष्ट अहिले सिने बजारमा सर्वाधिक चर्चामा छन् । यो बर्ष मात्र प्रदर्शनमा आएको ‘सुपारी’ नामक सिनेमाले हावा खाएपनि ‘लभ फरेभर’बाट गजितको राम्रै चर्चा भएको थियो ।गजितका अझै पनि आधा दर्जन सिनेमा प्रदर्शनका लागि तयार छन् । हालै मात्र एक अवार्ड कार्यक्रममा गजितले यूवती बनेर नृत्य गरेका थिए । यो नृत्यले गजितलाई अझै चर्चामा ल्याइदिएको छ ।
हालै मात्र ‘डी सिने अवार्ड’मा नव नायकको तर्फबाट विजेता बनेपछि उनले आफ्नो १० बर्ष लामो संघर्ष सफल भएको प्रतिक्रिया दिएका थिए । नृत्यमा पारङ्गज गजित भन्छन्, ‘म आज जहाँ छु, यो मेरो परिश्रमको फल हो र अझै पनि मलाई परिश्रम गर्नुछ ।’
चलचित्र क्षेत्र भन्दा अन्य ठाउँ रोज्न नसक्ने बताउने गजित सिने नगरीमा आशा लाग्दो हिरोको रुपमा उदाएका छन् । उनी हालै मात्र कतारमा आयोजना भएको दशै बिशेष कार्यक्रममा सहभागी भएका थिए । देश विदेशमा नृत्यकै कारणले उनको माग बढिरहेको छ ।



