BICITRA KHABAR

BICITRA KHABAR

९० करोडमा विक्यो राजेश खन्नाको बंगाला

राजेश खन्नाको निधन भएको केही समयपछि नै यो बंगाला विक्री गरिएको हो । बंगाला विक्रीको समयमा राजेशकी पत्नी डिम्पल खन्ना, छोरी टि्वंकल, रिक्की सहभागी थिए । चर्चित व्यापारी शशी सेट्टीले यो बंगाला खरिद गरेको बताइएको छ । विक्री भएपछि बंगाला खाली गरिदैछ । यो बंगाला राजेश खन्नाको लागि निक्कै नै लक्की सावित भएको थियो । पत्नी डिम्पलको नाममा खरीद गरिएको बंगालामा बस्न थालेपछि राजेशको लगातार सिनेमा असफल भएको थियो । पछि नाम परिवर्तन गरेर ‘आर्शिवाद’ राखेपछि खन्नाले लगातार १५ वटा हिट सिनेमा दिएका थिए । यसैविच राजेश खन्नासँग लिभ ईन टुगेदरको रुपमा रहेकी अनिता आडवाणीले बंगाला विक्रीको खबरले आफू दुखी भएको जनाएकी छिन् । उनले यो बंगाला बेचेर राजेशको सबै याद मेटाउन खोजिएको आरोप समेत लगाएकी छिन् । डिम्पल र टि्वंकललाई पैसा भए पुग्ने उनको आरोप छ । उनले आफू ‘काका’को छोरी भएको भए यो घर कहिल्यै नवेच्ने समेत बताएकी छिन् । बंगाला विक्रीको विरोध गर्न उनले राजेशका फ्यानहरुलाई आग्रह गरेकी छिन् । उनले यो कार्यको विरुद्धमा आफू सधै नै लडिरहने बताएकी छिन्

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More