BICITRA KHABAR

BICITRA KHABAR

मरेको मान्छे २ दिन मुर्दाघरमा राखेपछि जिउंदै भेटिए

(एजेन्सी) भदौं-१७, उत्तरप्रदेश । भारतस्थित उत्तर प्रदेशको अलीगढमा एउटा अनौठो समाचार बाहिर आएको छ जसलाई सुनेर तपाई छक्क पर्नुहुनेछ । कतिपयले यसलाई दैविक चमत्कार भनेका छन् भने कतिले चिकित्सकहरुको लापरबाही भनेका छन् । एक व्यक्ति सवारी दुर्घटनामा परेर गम्भीर घाइते बनेका थिए । स्थानीयले उनलाई उपचारका लागि अस्पताल लागे । उपचारका क्रममा उनलाई चिकित्सकहरुले मृत घोषणा गरे अनि शवलाई मुर्दा घर (मरेका मानिस राख्ने घर) मा राख्न लगियो । दुई दिन मुर्दाघरमा राखिएको उक्त शवको प्रहरीले अनुसन्धान गर्न जाँदा ति मृत भनिएकाले सास फेरिरहेको प्रहरीले चाल पाए । तत्काल प्रहरीले उक्त व्यक्तिलाई पुन: उपचारमा लैजान अस्पतालसँग रिफर गर्छन् । त्यसपछि ति युवकलाई आइसियुमा राखेर उपचार गरिन्छ । घटना कुनै फिल्मको हैन, सत्य हो, २९ अगस्टमा उनलाई अस्पतालका चिकित्सकहरुले मृत घोषणा गरेका थिए । यता अस्पतालले कर्मचारीका लापरवाहीका कारण यस्तो घटना हुन पुगेको स्वीकार गरेको छ । यस घटनामा अस्पतालले छानविन गरेर कर्मचारीलाई कारबाही गर्ने आश्वासन दिएको भारतीय संचार माध्यम नइ दुनियाले जनाएको छ । तस्बिर/समाचार: नइ दुनिया

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More