BICITRA KHABAR

BICITRA KHABAR

गैंडा मार्नेलाई ४३ वर्ष जेल, तीन लाख जरिबाना !

चितवन १७ भदौ । चितवन राष्ट्रिय निकुञ्जले यहाँ खाग तस्करीको अभियोग लागेकालाई ४३ वर्षसम्म कैद र तीन लाख रुपैयाँ जरिबाना तोकेको छ । तीन वटा गैंडा मारेको अभियोग लागेका मकवानपुर बसामाडी–३ का रामशरण विश्वकर्मालाई जेल तथा जरिवाना गर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरको एकल इजलासले फैसला गरेको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी टीकाराम पौडेलद्वारा जारी विज्ञप्तिअनुसार चार वर्षअघिको मुद्दाको फैसला सुनाइएको हो ।  विश्वकर्मालाई विभिन्न मितिमा तीन वटा गैंडा मारेको अभियोग लगाइएको छ ।

यस्तै, मकवानपुर बसामाडी–३ का शेरबहादुर खातीलाई पनि निकुञ्जले ४१ वर्ष जेल र साढे दुई लाख रुपैयाँ जरिबाना तोकेको छ । उनलाई पनि तीनवटै गंैडा मारेको अभियोग छ ।
यस्तै पर्सा वागवाना–९ का ओमनाथ निरौलालाई ४१ वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना,  हुम्ला सिमिकोट–८ घर भई हाल काठमाडौं जोरपाटी–४ बस्ने छिरिङ पाल्दान लामालाई १४ वर्ष जेल र एक लाख रुपैयाँ जरिबाना र काभ्रे गोकुले–८ घर भई कास्कीको पोखरा पृथ्वीचोकमा बस्ने निमा लामा वाइबा तामाङलाई २९ वर्ष जेल र डेड लाख रुपैयाँ जरिवाना तोकिएको छ ।  अभियुक्तमध्ये खाती, विक र निरौलालाई छुट्टाछुट्टै तीन तीनवटा मुद्दामा दोषी ठहराइएको हो भने लामालाई एक मुद्दामा एवम् तामाङलाई दुईवटा मुृद्दामा कैद एवम् जरिबाना गरिएको निकुञ्जले जनाएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More