हामी गल्ली गल्लीमा भुस्याहा कुकुरहरु धेरै नै देख्न सक्छौ । भुस्याहा कुकुरहरुलाई कोहि पनि मन पराउदैन तर कुकुरलाई रक्षा गर्न खटिने मालिकको आज्ञाकारी पशु पनि मानिन्छ । कुकुरले बिभिन्न किसिमका अनुसन्धान देखि लिएर मालिकको आज्ञा मानेर काम गर्ने गर्छ । ककुरले भेडा बाख्राहरुलाई ह्रिस्रक जनावरबाट बचाउनका लागि ठुलो भुमिका खेल्ने गर्छ । यसै विषयमा बैज्ञानिकहरुले गरेको एक अनुसन्धानबाट भेडाको निगरानी गर्ने कुकुर र भेडाबीचको सम्बन्ध दाहोरो भने हुने गर्दछ । यी दुबै पक्षका बीच साधारण नियम हुने गरेको बैज्ञानिकहरुले दाबी गरेका छन् । बिशेषज्ञका अनुसार मालिक र कुकुर मिलेर १०० भन्दा बढी भेडाहरु जम्मा पार्ने गर्छन् । पहिले कुकुरले भेडाको समुहलाई एकत्रित गर्छ त्यसपछि सबै भेडाहर मिलेर बलियो समुह बनाउछन् र कुकुरको रक्षा गर्ने गर्छन् । यो अनुसन्धान रोयल सोसाइटी इंटरफेयरमा प्रकाशित छ ।