BICITRA KHABAR

BICITRA KHABAR

संसारको सबैभन्दा अग्ला ब्यक्तिको निधन

लण्डन, संसारकै सबैभन्दा अग्ला व्यक्ति मानिने ८ फुट ४ इन्छ अग्ला यूक्रेनी किसानको ४४ बर्षको उमेरमा निधन भएको छ । यूक्रेनको पोदोलियान्त्सी गाउँका लियोनिद स्तादनिकको मस्तिष्क रक्तस्रावका कारण गत आइतबार निधन भएको छ ।

स्तादनिकको खुट्टा १८ इन्चका थिए, उनको हातको व्यास एक फुट भन्दा धेरै रहेको थियो । सामान्य पलङ उनका लागी निकै सानो हुन्थ्यो, यसैले उनी बिलियर्ड टेबलमा सुत्ने गर्दथे ।

मिरर डट को डट यूके ले आफ्नो एक रिपोर्टमा जनाए अनुसार उनी निकै लजालु स्वभावका थिए । यसैले उनले कहिल्यै गिनीज बुक अफ वर्ल्ड रिकार्डसका लागी आफ्नो रूची देखाएनन ।

एक अन्तर्वार्तामा उनले भनेका थिए कि उनका लागी उनको उचाइ एक अभिशाप हो, यो आफैंमा एक सजायँ हो, यसमाथि खुसी हुनु पर्ने कुनै कुरा छैन, जसका कारण मलाइ कुनै इज्जत चाहिँदैन । यसैले गिनीज बुकमा दर्ता हुने मेरो कुनै इच्छा छैन । स्तादनिक जब १२ बर्षका थिए, त्यसबेला उनको मस्तिष्कमा एक समस्या भएको थियो । जसका कारण उनको शरीरमा उचाइ बढाउने हर्मोनको स्राव निकै बढेको थियो । हरेक तीन महिनामा उनको उँचाइ १ फुटका दरले बढेको थियो । गिनीज वर्ल्ड रिकर्डसका एक प्रवक्ताका अनुसार उनले यसमा सहभागी हुन मन गरेनन ।

अहिले संसारका सबैभन्दा अग्ला जिवित व्यक्तिको गिनीज रिकर्ड टर्कीका सुलतान कोसेनको नाममा छ । सन २०११ को फेव्रुअरीमा उनको उँचाइ ८ फुट ३ इन्च रहेको थियो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More