BICITRA KHABAR

BICITRA KHABAR

पर्सामा हतियारसहित नेपाल पसेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले लखेटे

पर्सा, १८ माघ । पर्साको ठोरी गाविसमा हतियारसहित पसेका भारतीय सुरक्षाकर्मीहरुले नेपाली भूमीमा कब्जा जमाउन खोजेपछि स्थानीयबासिन्दाले लखेटेका छन् । ठोरी गाविस ७ भन्सार क्षेत्रस्थित नेपाली भूमीमै माइती नेपालको बिट निर्माण भइरहेको स्थलमा हतियारसहित आएका भारतीय सिम सुरक्षाबल एसएसबीका जवानहरुले निर्माण कार्यमा अवरोध गरेपछि ठोरीका बासिन्दाले उनीहरुलाई लखेटेका हुन ।नेपालीहरुले लखेटेपछि एसएसबीका जवानहरु सीमावर्ती ठुटे खोलामा हतियारसहित तैनाथ छन् । ठुटे खोला पारीको क्षेत्रमा एसएसबीको बेस क्याम्प रहेको छ । हतियारसहित नेपाली भूमीमा प्रवेश गरेका भारतीय सुरक्षाकर्मीले माइती नेपालको बिट निर्माण भइरहेको स्थल भारतीय भूमी भएको भन्दै निर्माण कार्यमा अवरोध गरेपछि ठोरीका बासिन्दाले प्रतिकार गर्दै उनीहरुलाई लखेटेका थिए ।त्यस क्षेत्रमा अहिले तनाव रहेकाले इलाका प्रहरी कार्यालय ठोरीका प्रहरीहरु परिचालन गरिएको प्रहरी निरीक्षक विरेन्द्र पनेरुले बताउनु भयो ।पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले माइती नेपालको बिट निर्माण कार्य तत्कालका लागि रोक्न निर्देशन दिइएको बताउनुभयो । निर्माण स्थल विवादीत देखिएकाले तत्कालका लागि निर्माण कार्य रोक्न स्थानीय प्रहरीलाई निर्देशन दिइएको र यस बारेमा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका अधिकारीसँग छलफल भइरहेको प्रहरी उपरिक्षक सिंहले बताउनु भयो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More