२७ कात्तिक, चितवन । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले कम्युनिष्टहरुको झुण्डले काँग्रेसलाई कुनै असर नपार्ने वताउनु भएको छ । उहाँले पछिल्लो समय कम्युनिष्टहरुले देशमा गरेका हरेक क्रियाकलपाको हिसाव कितावको चुक्ता संविधान सभाको निर्वाचनपछि नेपाली जनताले लिन पाउने वताउनुभयो ।
चितवनको भरतपुरस्थित गौरीगञ्जमा बुधवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले कम्युनिष्टहरुको झुण्डले काँग्रेसलाई असर नपार्ने वरु उनीहरु आफै समाप्त हुने चेतावनी दिनुभयो । कोइरालाले देश विकासको लागि काँग्रेस आवश्यक रहेको भन्दै निर्वाचनमा दुई तिहाई बुहमत दिलाउनु पर्नेमा जोड दिनु भयो ।
उहाँले संविधान सभाको दोस्रो निर्वाचनपछि देशमा कम्युनिष्टको शिला खोज्नु पर्ने अवस्था आउने भन्दै निर्धक्क भएर निर्वाचनमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।कोइरालाले पार्टी सभापति सुशील कोइरालालाई अध्याधिक वहुमतले विजयी गराउन मतदातालाई आग्रह समेत गर्नु भयो ।