BICITRA KHABAR

BICITRA KHABAR

“नेपालबाट विश्वयुद्ध सुरु हुन सक्छ ?”

देशका विभिन्न ठाउँमा नकक्ली होस् या सक्कली बमको त्रास छाएको छ । विभिन्न राजनितिक दलका पार्टी कार्यालय देखि लिएर उमेद्वारको घर सडकका छेउ, चोक, पसल कुनै ठाउँ बाँकी रहेको छैन । पछिल्लो समय आएका बम र बिस्फोटक सम्बन्धी समाचारले जनमानसमा त्राशको वातावरण सृजना भएको छ । यति सम्मकी कसैले बिहान उठ्ने बित्तिकै फोहोरको पोको सडकको छेउमा लगेर फाल्यो भने अर्को फोहोर फाल्न जाने बम भन्दै प्रहरीलाई खबर गर्ने छ ।
केटाकेटीले टालाको बल खेल्दै घरमा आए भने बा आमाले बम भनेर त्रर्सने छन् । साथिहरु रेडबुल खाएर खोल फाले भने बटुवा तर्सेर त्यो बाटो हिड्न छोड्ने छन् । बम र बिस्फोटक पदार्थको यो त्रासले नेपालीहरुलाई सताउने छ । कहिले नक्कली त कहिले भटीएका सक्कली बमले अझै ठुलो भ्रम परेको छ, सायद नक्कली होला भनेर अनुमान गरेको बमले ठुलो क्षति नपुर्याउला भन्न सकिदैन । लामो समय द्धन्दको चपेटामा परेको देशले राजनितिक निकास नपाओस भन्ने नेपाली सायदै छैनन् होला । तर नेपाली जनताले कुनै राजनितिक दल र नेता बाट सुख र शान्ती पाउन सकेनन् । बिकास निर्माणका कुरा छोडौ राजनितिक दलहरु कुर्सी र सरकारको लागि लडिरहे….. लडिरहे । एक जुगमा एक पटक आउने संविधान सभाको निर्वाचनलाई नेताहरुले निमोठेर फाले अन्ततः दोश्रो संविधान सभाको निर्वाचनमा देश होमीएको छ । यतिबेला जनताले नेताहरुको व्यवहार हेरेर भन्ने गरेका छन् यो चुनाव बाट पनि यी नेताले संविधान बनाउदैनन् ।
संबिधानसभा जस्तो संबेदनशिल बिषयलाई नेताहरुले हावामा उडाएर हलुका बनाउने प्रयास गरीरहेका छन् । ३३ दलिय मोर्चालाई लात हान्दै अगाडी बढीरहेका छन् फलस्वरुप जनताले सास्ती पाएका छन् । बन्द हड्ताल गरेको मोर्चाले कस्लाई दुख दिन खोजेको ? प्रचण्डलाई ? सुशील कोईराला की झलनाथ खनाल ? आईतबारको आम हड्ताल हेरौँ कति नेपाली जनता भोकै बस्नु पर्यो, कति अकालमा मर्न पर्यो, कतिको स्थिति डामाडोल भयो तर तिनै नेतालाई के भयो ? बोल्नुपर्ने ठाउँमा गएर बोले क्यारे, गर्नु पर्ने काम स्कटीङ्ग होस् या हेलिकप्टर जे बाट भए पनि आफ्नो काम पुरा गरे । दुख र सास्ती जनतालाई हो । संविधान सुभाको निर्वाचन होस् निकास देओस, सबैका अधिकार सुनिश्चित होस् भन्ने छिमेकी राष्ट्रको पनि चाहाना हुन्छ कीनकी छीमेकीको झगडा अर्को छीमेकीलाई सायदै मन पर्दैन । यद्यपि नेताहरुको दोष लगाउने र आफु पानी माथिको अभानो बन्ने परिपाठीले बिग्रेको नेपालको राजनितिले निकास पाउनु पर्छ ।

मोहन बैद्य नेतृत्वको मोर्चासँग वार्ता गरेर चुनावमा भाग लिने वातावरण बनाउनु पर्छ यदि यो कुरालाई वास्ता नगरी कोहि अगाडी बढ्यो भने यो निर्बाचन मात्र होईन यस्ता धेरै निर्बाचनले पनि संबिधान बनाउन सक्दैन । देशमा आर्थिक संकट बढ्छ, नेता देखि कार्यकर्ता अझै भ्रष्टचारी बन्ने छन्, जनता भोकमरीले मर्नेछन्, दिनदहाडै चोरी, डकैति, हत्या हिंसा जस्ता क्रियाकलाप हुनेछन्, अन्ततः युद्ध सुरु हुने छ, त्यो युद्ध २ धुब्रमा बाँडीएका देशहरुमा पुग्नेछ, एक अर्कालाई साथ र सहयोग चाहिने अवस्था आउने छ । नेपालको समस्या समाधान गर्न विदेशले सहयोग गर्नु पर्ने स्थिति विश्व युद्धमा परिणत हुन सक्ने छ । विश्वका अधिकांश देशहरुमा आ–आफ्नै समस्या रहेका छन् । जातिय समस्या, धार्मीक समस्या, राजनितिक समस्या यति मात्र नभएर देश देश बिच पनि त्यस्तै समस्याहरु छन् । यसले कुनै एउटा देशमा समस्या समाधान हुन गाह्रो पर्यो र विदेशले समाधान गर्नुपर्ने बेला आयो भने विश्व युद्ध जस्तो भयानक स्थिति आउने छ ।

warत्यो स्थिति नेपालबाट सुरु नहोला भन्न पनि सकिदैन । त्यसैले बुझ्न जरुरी छ की शान्तिका अग्रदुत गौतम बुद्धको देश नेपालको कारणले विश्व युद्धको सुरुवात नहोस् । सबैले आफ्नो कर्तव्य पालना गरौँ । आफु बनौ अरुलाई पनि बनाउँ । राजनितिक दलका एजेण्डा हेरौ नकि नेता । यहाँ जति भाषण गरे पनि नेताको केहि चल्ने वाला छैन । उदाहरण डा. बाबुराम भट्टराईलाई लिन सकिन्छ, देशले आस गरेको नेपाली काँग्रेसका नेता गिरिजा प्रसाद कोईराला पछि देशले चाहेको नेता थिए बाबुराम तर लोप्रे खुवाईदीए जनतालाई कारण एमाओवादी । माओवादीको कारण बाबुराम भट्टराईले आफुले चाहेको गर्न सकेनन् । पार्टीको कारण उनि जनतामाझ नाङ्गीए त्यसैले नेता भन्दा पार्टीको एजेण्डा हेरौँ । हाम्रो होईन राम्रो हेरौँ, जित हाम्रो हुने छ । त्यसैमा सबैको भलो हुनेछ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More