२७ कात्तिक, काठमाण्डौ । अज्ञात समूहले काठमाण्डौको सामाखुसीमा माइक्रो बसमा पेट्रोल बम प्रहार गरेको छ । बुधवार साँझ बालाजुवाट महाराजगञ्जतर्फ जाँदै गरेको बा १ ज ९८९१ नम्बरको माइक्रो बसमा अज्ञात समूहले बम प्रहार चार जना घाइते भएका छन् ।
मोटरसाइकलमा आएका अज्ञात समूहले बसमा पेट्रोल बम प्रहार गरेका हुन् । पेट्रोल बम प्रहार गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । बम लागेर घाइते भएकाहरुको पहिचान खुल्न नसकेको र उनीहरुको बाँसबारीस्थित ग्रान्डी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।यसैवीच काठमाण्डौकै कालोपुलमा अज्ञात समूहले एउटा ट्याक्सीमा आगजनी गरेको छ । कालोपुलमा बा १ ज ४१३५ नम्बरको ट्याक्सीमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीवाट ट्याक्सी पूर्णरुपमा जलेको छ । आगजनी कसले र किन गर्यो भन्नेवारे खुल्न नसकेको गौशाला प्रहरी प्रभागका डीएसपी अभिनारायण काफ्लेले जानकारी दिनुभयो ।