BICITRA KHABAR

BICITRA KHABAR

टेलिश्रृङ्खला हेर्ने ८० जनालाई दिइयो मृत्युदण्ड

२५ कार्तिक, एजेन्सी । टेलिश्रृङ्खला हेरेकै कारण उत्तर कोरियामा ८० जनाले मृत्यु दण्ड पाएका छन् । उत्तर कोरियाले प्रतिबन्धित विदेशी टेलिश्रृङ्खला तथा चलचित्र हेरेको भन्दै उनीहरुलाई सार्वजनिक स्थलमा मृत्युदण्ड दिइएको एक प्रत्यक्षदर्शीलाई उधृत गर्दै सिओलबाट प्रकाशित हुने डेली एनके पत्रिकाले जनाएको छ। 

नोभेम्बर ३ तारिखका दिन देशका विभिन्न ७ वटा सहरमा उनीहरुलाई मृत्युदण्ड दिइएको पत्रिकाले जनाएको छ । पूर्वी क्षेत्रको वोनसानमा अधिकारीहरुले एक खेलकुद मैदानमा १० हजार मानिसकाबीच ८०  जनालाई गोली हानी सार्वजनिक रुपमा मृत्युदण्ड दिइएको प्रत्यक्षदर्शीको भनाइ छ ।
मृत्युदण्ड पाउनेमध्ये केही भने यौन अपराधका दोषी पनि रहेका छन् । उत्तर कोरियाले भने यसबारे कुनै पनि कुरा सार्वजनिक गरेको छैन । उत्तर कोरियामा सरकारले सेन्सर नगरेका र अनुमति नदिएका चलचित्र वा टेलिश्रृङ्खला हेर्नुलाई जघन्य अपराधका रुपमा लिइन्छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More