BICITRA KHABAR

BICITRA KHABAR

अबैधरूपमा खाडी जाने महिलाको संख्या बढ्यो

१७ पुस, नेपालगञ्ज । भारतको बाटो प्रयोग गरी रोजगारका लागि अवैधरुपमा खाडी मुलुक जाने महिलाको सङ्ख्या नेपालगञ्जमा प्रत्येक वर्ष बढ्दै गएको तथ्याङ्कले देखाएको छ । गत एक वर्षको अवधिमा मध्यपश्चिमाञ्चलका विभिन्न जिल्लाबाट भारत र खाडी मुलुक गएकाहरुका आफन्तबाट यहाँस्थिति माइती नेपालमा खोजतलासका लागि दिइएका ४ सय ४० निवेदनले पनि मानव बेचबिखन थप जटिल बन्दै गएको देखाउँछ । सो अवधिमा माइती नेपालले माइती इन्डियासँगको सहकार्यमा भारतबाट ४४ जना जोखिममा परेका नेपाली चेलीको उद्धार गरेपनि खाडी मुलुक पुर्‍याइएकको उद्धार भने हुन नसकेको सो संस्थाका क्षेत्रीय संयोजक केशव कोइराला बताउनुहुन्छ । बेचिएका महिला तथा बालिकामध्ये ६० प्रतिशत खाडी मुलुक र बाँके भारतका विभिन्न सहरमा जोखिमपूर्ण जीवन बाच्न बाध्य रहेको जनाइएको छ । उहाँका अनुसार, सो अवधिमा १८ वर्षभन्दा कम उमेरका २ सय ४५ र सो उमेरभन्दा माथिका १ सय ९५ जना नेपाली चेली बाँके जिल्लाको नेपाल-भारत सीमा नाका हुँदै अवैधरुपमा भारत तथा खाडी मुलुकका विभिन्न सहरमा पुर्‍याइएका छन् ।

‘राज्य जिम्मेवार र संवेदनशील नभएसम्म माइती नेपालको एक्लो प्रयासले भारत र खाडी मुलुकमा बेचिएका तथा जोखिममा रहेका नेपाली चेलीको उद्धार गर्न कठिन छ,’ संयोजक कोइरालाको भनाइ छ । सो संस्थाले सार्वजनिक गरेको विवरणमा सन् २००२ देखि २०१३ सम्म भारत तथा खाडी मुलुकमा जोखिममा रहेका नेपाली चेलीको उद्धारका लागि दुई हजार ३० निवेदन परेका छन् । जसमध्ये अहिलेसम्म २ सय ६८ जनाको मात्र उद्धार गर्न सकिएको छ । विवरणमा गत १२ वर्षको अवधिमा जोखिमपूर्ण यात्रामा रहेका दुई हजार ४ सय ३६ को उद्धार, बेचबिखनमा परेका दुई हजार ४ सय २८ को पारिवारिक पुनःमिलन, श्रम तथा यौनशोषणमा परेका १ सय ८ जनाको उद्धार र भारत प्रवेश गर्न लागेका एक हजार ५ सय ८५ जनालाई परामर्श दिइ घर फिर्ता पठाइएको उल्लेख छ ।

चुरोटको बट्टा बाहिर अब क्यान्सरले फोक्सो कुहिएको डरलाग्दो तस्बिर राखिने

सँगैको फोटो ध्यान दिएर हेर्नुस्। क्यान्सरले फोक्सो कुहिएको यो डरलाग्दो फोटोले अब चुरोटका बट्टाको ७५ प्रतिशत भाग ढाक्नेछ। हेरौँ हेरौँ लाग्ने आकर्षक डिजाइनसहितका चुरोटका बट्टाहरु अब एकादेशका कथा हुनेछन्। अब छुँदै र किन्दै घिन लाग्ने फोटो भएका बट्टामा चुरोट हुनेछ।केहीलाई लाग्दो हो- के फरक पर्छ र, चुरोट खानेले आखिर खाइहाल्छ क्यारे।

गलत! केही फरक नपर्ने भए चुरोट, सूर्ति, खैनी साहुहरु उफ्रेर यस्तो व्यवस्था कार्यान्वयन रोक्न सर्वोच्चको शरणमा पर्ने थिएनन्। तर आज सर्वोच्च अदालतले उनीहरुलाई लोप्पा खुवाइदिएको छ। मृत्यु बेच्ने व्यापारीहरुको माफियाले हालेको मुद्दामा फैसला गर्दै न्यायाधीशहरु कल्याण श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र तर्कराज भट्टको विशेष इजलासले सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ को व्यवस्था अनुसार यस्ता फोटो अनिवार्य राख्नुपर्ने फैसला गरेको हो।

Today Rasifal - January 1st, 2014 (Nepali Date: Poush 17, 2070 )


नयाँ वर्षको सुरुवातसँगै सल्यानमा बस दुर्घटना ११ जनाको मृत्यु (भिडियो सहित)

१७ पुस, काठमाडौं । सल्यानमा भएको बस दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको लु १ ख ८२९० नम्बरको बस सल्यानको मोखलामा दुर्घटनामा परेको हो ।दुर्घटनामा परी १८ जना घाइते भएका छन् । १० जनाको अवस्था गम्भीर रहेको छ । उनीहरु सबैको सल्यानको श्रीनगरमा रहेको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सडकबाट २ सय मिटर तल खसेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र उद्दार जारी रहेको प्रहरीले जनाएको छ ।

Exchange Rate for January, 2014


" मेरी बास्सै " December 31st 2013


Image TV News | नेपाली दैनिक समाचार | Nepali News | December 31


Kantipur Aja | December 31, 2013


आँखामा लेन्स र गर्मिलो पहिरनले सेक्सी बेनिशा

आइतबार सम्पन्न चलचित्र ‘बितेका पल’को प्रिमियर कार्यक्रममा नायिका केकी अधिकारीले लगाएको पहिरनको तारिफ खुबै चलेको थियो । केकीले लगाएको ढाकाको गाउनलाई धेरैले मन पनि पराए । सिनेमाको मुख्य नायिका भएकाले पनि केकीले पहिरनमा विशेष ध्यान दिनु जरुरी थियो ।tतर यही भिडमा आएका अन्य नायिकाहरुले पनि आफूलाई आकर्षक देखाउन कुनै कसर बाँकी राखेनन् । नायिका बेनिशा हमालको पहिरन पनि चर्चामा रहेको थियो । काठमाण्डौको चिसोले पनि बेनिशालाई खासै छोएको देखिएन । छोटो वान पिस पहिरनमा पुगेकी वेनिशा क्यामेरा पर्सनहरुको नजरमा परिन् ।

काठमाण्डौको जाडोले चिस्याउँदै गर्दा धेरैले बाक्लो कपडाको साहारा लिएका थिए । तर वेनिशालाई भने बीग सिनेमाको परिसरमा चलाइएको एसीको तातोले नै तताइरहेको थियो । उनले आफूले लगाएको पहिरनको धेरैले चर्चा र तारिफ गरेको बताइन् । आफ्नो डे्रस छनोटलाई धेरैले मन पराएको वेनिशाले अनलाइनखबरलाई बताइन् ।अर्कोतिर बेनिशाको आखाको लेन्सले पनि धेरैलाई मोहित बनायो । आँखामा लेन्स लगाएकाले पनि बेनिशाको हेराई कामुक देखिएको थियो । लेन्स लगाउनुको कारणबारे वेनिशाले भनिन्, ‘आँखा केही कमजोर भएकाले कलेज र घरमा चश्मा नै लगाउँछु । तर यस्ता कार्यक्रममा भने लेन्स लगाएर पुग्छु ।’ जे होस् नायिकाहरु मिडिया पुग्ने यस्ता कार्यक्रममा पहिरन प्रति धेरै नै सजग देखिएको पाइन्छ ।

७ फिटको पुठ्ठोवाली भन्छिन–‘बुढाहरु मदेखि भुतुक्कै हुन्छन’

हामी आज तपाईलाई भेटाउँदै छौं, सारा मासीसँग । यी असाधारण महिला जसको पुठ्ठोको साइज ७ फिट चौडा छ, एक्ट्रा लार्ज साइडको ट्राउजर चाहिन्छ, अनि जस्तोतस्तो शौचालयमा बस्दा प्यान नै भाँचिन सक्छ ।
तर पनि सारा मासीलाई सबैभन्दा ठूलो नितम्ब भएकोमा गर्व छ । शिकागोकी दुई बच्चाकी आमा सारा धेरै हिडडुल गर्न सक्दिनन् । तर, कीर्तिमानी आकारको उनको नितम्बले उनलाई मासिक रुपमा ७ सय ५० पाउन्ड अशक्त भत्ता दिलाएको छ ।

सुरु–सुरुमा उनलाई मानिसहरुबाट आउने प्रतिक्रियाले निकै नराम्रो लाग्थ्यो । विद्यालयमा जाँदा केटाकेटीहरु उनलाई डम्प ट्रक भनेर जिस्काउँथे । तर, अहिले शिर ठाडो गरेर हिड्ने गरेको उनले बताइन् । ‘अब म यसप्रति गर्व गर्छु र विश्वलाई देखाउन चाहन्छु ।’ उनले भनेकी छिन ।आफ्नो शशिरले ठूलो जिउडाल भएका बिश्वभरका महिलालाई उत्साह मिल्ने उनको दावी छ । फ्यानका लागि फोटो सुट समेत गरेकी उनले भनिन–‘मेरो पुठ्ठोले बुढो उमेरका पुरुषहरुलाई निकै आर्कर्षित गर्छ, त्यसमा मेरा पति पनि एक हुन् ।’
तन्नेरी केटाहरुले आफ्ना स्लीम साथीहरुमाथि आँखा लगाउने गरे पनि बुढाहरुले भने आफ्नो शरीरको खुवै तारिफ गर्ने उनले बताइन् । ’त्यसैले मभन्दा १०÷२० बर्ष बुढाहरुसँगै मेरो सम्बन्ध हुने गरेको छ ।’ उनले भनिन् ।

ठूलो पुठ्ठोे बंशाणुगत उपहार भएको उनले बताइन् । ‘मेरो सानो बहिनीबाहेक सवै परिवारका सदस्यको पुठ्ठो ठूलो छ, मैले खाने जङ्क फुडको कुनै योगदान छैन ।’यति ठूलो भारी बोकेर हिड्नुपर्दा आफुलाई जज्जाभन्दा पनि पीडा भएको उनले बताइन् । यसकै कारण ढाडको समस्या देखिन थालेपछि उनलाई हल्ला साइज घटाउन पाए हुनेथियो भन्ने लागिरहेको छ ।

सबैले एकचोटी हेर्नु पर्ने भिडियो


पैसा लिएर सभासद बनाएको भन्दै तमलोपा कार्यालयमा तोडफोड र आगजनी

१६ पुस, भैरहवा । पैसाको लिएर व्यापारीलाई सभासद बनाएको भन्दै तराई मधेस लोकतान्त्रिक पार्टीको रुपन्देही जिल्ला कार्यसमितिले विरोध गरेको छ । केन्दि्रय सदस्य एवं जिल्ला अध्यक्ष अतिउल्लाह मुसलमानको नेतृत्वमा पार्टी कार्यकताले कार्यालयमा रहेका कुर्ची, बोर्ड र कागजपत्रहरु जलाएका छन् ।

पार्टी अध्यक्ष महन्थ ठाकुर र महामन्त्री सर्वोन्द्रनाथ शुक्लाले पैसाको आडमा तथा पार्टी सदस्यता समेत नलिएको रामकुमारी गडरियालाई समानुपातिक सभासद बनाएको उनीहरुको आरोप छ ।असन्तुष्ट कार्यकर्ताले अध्यक्षविरुद्ध नारावाजी गर्नुका साथै पार्टी कार्यालयमा ताला लगाएका छन् । जिल्ला अध्यक्ष मुसलवानले गडरीयालाई सभासदबाट नहटाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।रुपन्देहीका सात वटा निर्वाचन क्षेत्र मध्ये तमलोपाले प्रत्यक्षतर्फ दुई स्थानमा जित हात पारेको थियो । समानुपातिकतर्फ भने अतिउल्लाह मुसलवान, सुनिल कुमार दुवे, हरी कुमारी चौधरी, सकुन्तला हरिजन, मधु सिंहलाई सिफारिस गरिएको थियो ।

सामुसुङले ल्यायो ११० इन्चको टेलिभिजन,मुल्य डेढ करोड (तस्विर सहित)

चर्चित कम्पनी सामसुङले ११० इन्चको एचडी टेलिभिजन सार्वजनिक गरेको छ। दक्षिण कोरियामा यसको मुल्य करिब डेढ करोड छ । यो टेलिभिजन चीन सहित मुध्यपुर्वका देश र युरोपमा छिट्टै उपलब्ध गराइने सामसुङले जनाएको छ । यसको मुल्य देश अनुसार फरक फरक राखिनेछ । सामसुङको यो टेलिभिजन सार्वजनिकसंगै ठुला टेलिभिजन निर्माता कम्पनीहरु अल्ट्रा एचडी टेलिभिजनतिर आकर्षित भएको निष्कर्ष निकालिएको छ। एक वर्ष अघि सम्म सामसुङ र एलजी ओएलइडी स्क्रिनलाई भविष्य मान्दै थिए तर ओएलईडी प्रविधी निकै महंगो पर्ने भएपछि दुबै कम्पनी अल्ट्रा एचडी टेलिभिजनतिर लागेका छन्। ओएलईडी स्क्रिन निकै पातलो हुन्छ भने अन्य टेलिभिजनको दाँजोमा ज्यादा स्पष्ट र आकर्षक देखिन्छन् । तर सामसुङ र एलजी दबैले ओएलइडीलाई स्थापित भने गर्न सकेनन्। यसै बिच दुइ जापानी कम्पनी सोनी र पानासोनिक बिच ओएलइडीका लागी भएको साझेदारी पनि तोडिएको छ। अल्ट्रा एचडी टेलिभिजनको माग विस्तारै बढ्ने अनुमान गरिएको छ। समयसंग यसको मुल्य पनि घट्दै जाने सम्भावना छ। यो वर्ष १३ लाख अल्ट्रा टेलिभिजन बिक्री भएकोमा सन २०१७ सम्म यो संख्या बढेर २ करोड ३० लाख सम्म पुग्ने एक अध्ययनले देखाएको छ। सामसुङले ल्याएको नयाँ ११० इन्चको एचडी टेलिभिजन यस्तो छ 

WWE Monday Night Raw, 30th December – 2013






NTV News | नेपाली दैनिक समाचार | Nepali News | December 31, 2013


वेश्या चाहियो भन्दै सरकारी वेबसाइटमा विज्ञापन !

बेलायतको एक सरकारी वेबसाइटमा १० पाउन्डमा केही घन्टाका लागि वेश्या चाहियो भन्दै विज्ञापन प्रकाशित भएको छ । डेभलपमेन्ट अफ वर्क एण्ड पेन्सनको वेबसाइटमा यस्तो आपत्तिजनक विज्ञापन प्रकाशित भएको हो ।
महिला कामदार चाहियो भन्दै निकालिएको विज्ञापनमा ‘साँझपख मानिसहरुसँग बाहिर जाने र यौन सम्वन्ध समेत राख्न सक्ने’ भनिएको छ । कामका लागि योज्ञतामा ‘नो एक्पिरियन्स’ अर्थात अनुभज नभएको तर, सेक्स गर्न चाहने भनिएको छ । व्याकरणका आधारमा केही अशुद्ध रहेको विज्ञापनमा युवती एकल र आफ्नै स्थानमा काम गर्न सक्ने भए राम्रो हुने भन्दै फोन हुनु पर्ने सर्त राखिएको छ । यो विज्ञापन कम्पनीका हाकिम स्वयंमले पोष्ट गरेको डेलिमेलले जनाएको छ । उनले भनेका छन्–‘यो जब साइट हो र मैले यो किन राखेँ भने यो पनि काम हो । तर, उनीहरुले त्यसलाई प्रकाशित गरेकोमा म स्तब्ध छु ।’ डेभलोपमेन्ट अफ वर्क एण्ड पेन्सनका प्रवक्ताले भने यस्तो प्रकाशित हुनु गम्भीर गल्ती भएको स्वीकारेका छन् । 

Today Rasifal - December 31st, 2013 (Nepali Date: Poush 16, 2070 )


क्रिशमशको दिन आफ्नै छोरीको हत्या गर्ने आमालाई प्रहरीले लग्यो हिरासत

पुस १५ – पोर्चुगलको एरिजमा क्रिशमश दिवसका दिन आफ्नै १३ वर्षिया छोरीको हत्या गर्ने आमालाई प्रहरीले पक्राउ गरेको छ ।समाचार अनुसार एरिज बस्ने कोनी भिल्लाले आफ्नो चार सन्तान र पुर्व–पती एडम भिल्लालाई डिसेम्बर २५ तारिखका दिन हत्याको प्रयास गरेकी थिइन् । हत्या प्रयासको पहिलो शिकार छोरी एनिरायल मासियस परिन् जसको शव मृत अवस्थामा घरको अपार्टमेन्ट बाथरुममा पाइएको थियो । प्रहरीका अनुसार भिल्लाले आफ्नो पूर्व–पतीलाई क्रिशमशका दिन घर बोलाएकी थिइन् जसले गर्दा उनी उसलाई मार्ने तयारीमा थिइन् । पती आएपछि उनले हत्याको प्रयास गरिन् तर पती उम्कन सफल भए । जब प्रहरी भिल्लाको अपार्टमेन्टमा पुग्यो त्यतीबेला भिल्ला हातमा छुरा बोकेको अवस्थामा थिइन् । भिल्लाका ३, ५ र ८ वर्षका स–साना तीन सन्तानलाई प्रहरीले सकुशल पाएको थियो भने मृत अवस्थामा भेटिएकी अकी छोरीको पनि बाह्य रुपमा केही चोट देखिदैन् । उनलाई ड्रग्स खुवाएर मारेको हुनसक्ने आशंका गरिएको प्रहरीको अनुसन्धानले जनाएको छ ।एडम र कोन्नी भिल्ला दुवैलाई प्रहरीले बेग्लाबेग्लै अस्पतालमा जाँच गराइएको थियो । त्यसपछि अहिले प्रहरीले हत्याको आरोपी कोन्नीलाई हिरासतमा राखेको छ ।

झापामा मनाए गुरुङहरुले तमु ल्होछार,


राप्रपा पार्टी फूटाएको भन्दै नेतालाई कालो मोसो घसे (फोटोफिचर)

काठमाडौं पुष१५ । पार्टी अध्यक्ष कमल थापाले एकलौटी समानुपातिक सभासदको सूची बुझाएको प्रति तीव्र असन्तुष्टी जनाउँदै टंक ढकाल, राजाराम श्रेष्ठलगायतले राप्रपा नेपाल फुटाए ।

उनीहरुले निर्वाचन आयोगमा नयाँ दल नेपाली राप्रपा दर्ता गराए ।त्यही समयमा काठमाडौं धुम्बाराइमा पार्टी फूटाएको भन्दै संस्थापन पक्षले श्याम तिमम्सिनालाई कालो मोसो नै घसी दिए ।

दीपक र दीपा सुटुक्क चितवनतर्फ : कतै हनिमुन मनाउन गएको त होइन ?

चलचित्रको प्रमोशनका लागि भन्दै कलाकार दीपकराज गिरी र दीपाश्री निरौला चितवन तर्फ लागेका छन् । हिजो बेलुका काठमाण्डौमा आफ्नो प्रतिस्पर्धी सिनेमा हेरेका दीपक आज दीपाको साथमा चितवन तर्फ लागेका हुन् । उनीहरुले चितवनमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छ एकान छ’ को प्रमोशन गर्ने जानकारी दिएका छन् ।चलचित्रको प्रमोशनमा निर्देशक दीनेश डीसी खासै देखिएका छैनन् । केही समय अघि काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा देखिएपछि दिनेश सिनेमाको प्रमोशनमा लागेको पाइदैन । यस बिषयमा अनलाइनखबरसँग कुरा गर्दै निर्मात्री समेत रहेकी दीपाश्री भनिन्’ ‘उहाँ सिनेमालाई अन्तिम रुप दिन नै व्यस्त हुनुभएको छ । सबैले एउटै काम गर्ने भन्ने कुरा पनि त आउँदैन । यसैले सिनेमा फाइनल नभएसम्म दिनेश जी खासै प्रमोशनमा देखिनु हुन्न ।’

‘सिनेमाको प्रमोशन मात्र गरेर हुँदैन, राम्रो पनि बन्नुपर्छ, यसैले दिनेश डीसी भित्री काममा नै व्यस्त हुनुहुन्छ’, निर्माता तथा कलाकार दीपकराज गिरीले भने । यता नायिका नीता ढुंगाना पनि सिनेमाको प्रमोशनमा नदेखिएको बिषयमा दीपाले भनिन्, ‘नीतासँग पनि सम्बन्ध निक्कै राम्रो छ । उनी पनि सिनेमाको प्रमोशनका लागि दौडिरहेकी छिन् ।’दिनेश डीसी आफ्नो गुरु भएकाले झगडा पर्नै नसक्ने दीपकले बताए । संचारमाध्यममा आफू र दीपालाई बढि खोजिएकाले पनि प्रमोशनमा २ जना बढि कुद्नु परेको दीपकको तर्क छ । पौष २६ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाले दर्शकलाई हसाँउने विश्वास निर्माणपक्षको छ । अर्का कलाकार निर्मल शर्मासँग मिलेर दीपक र दीपाले बनाएको यो सिनेमामा केदार घिमिरे, सिताराम कट्टेल, दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, सन्दिप क्षेत्री, नीता ढुंगाना लगायतका कलाकारले अभिनय गरेका छन् ।

“मलेसियाको नेपालीदुताबासलाई पत्र “

म आज भन्दा १२ साल पहिला यो प्रदेसी भुमिमा मलेसिया आएको  हो l त्यति बेला  न यो नेपाली दुताबास नै थियो नत अरु संघसंस्था नै  थिए । त्यसबेला नेपालिहरुलाई बाच्न गाह्रो थिएन नत कुनै दु:ख थियो तर अहिले  दुताबास छ  संघसंस्था छ्न् र पनि नेपालीहरुलाई जिवनमा कहिले पनि नपरेको दु:ख हरु ब्यहोर्नु परेको छ ।५ महिनामा मलेसियाबाट १९० जानाको लास नेपाल पुगिसक्यो । अज अबैधानिक नेपालिहरुको अवस्था के होला एकपटक नेपाली दुताबासले नेपालिहरुको बारेमा सोच्नु जरुरि  छ ।

दिनमा १०० पटक फोन गर्दा समेत फोन रिसिभ हुँदैन राहदानीको अवधि सकिएको ३ महिना सम्म पनि नयाँ राहादानी पाईदैन यो समस्याले गर्दा कतिपय अवधि  सकिएका हरुलाई आएको ६ महिनामा मलेसियाको कम्पनिले नेपाल फिर्तापठाएको घटना छ्न् ।समस्या परेको बेलामा फोन गर्दा फोन समेत नउठाउने  दुताबासले के नेपालिको दु:ख बुझ्ला ? के पीडितले न्याय पाउलान ? के मलेसियामा अबैधानिक नेपालीहरु नेपाल जान पाउलान ? के अब मलेसियाको नेपालिले दुताबस बाट चाहेको बेलामा सहयोग पाउलान ? मलेसियामा मा कार्यरत -पूर्ण रोका को सुनौलोनेपाल.कम लाई प्राप्त पत्र

Trolley Bus Explosion [Shocking Second Explosion In Russia


हजारौं दर्शककै अगाडी मार्सल आर्ट च्याम्पियनको खुट्टा दुई टुक्रा

एन्डरसन सिल्भा र क्रिस वेदमनबीचको मार्शल आट फाइट शनिबार हजारौंले हेरिरहेका थिए । लस भेगासमा भइरहेको सिल्भा र वेदमनको कलात्मक भिडन्त विभिन्न टीभी च्यानलको लाइभ प्रशारणमार्फत् विश्वभरका मार्शल आर्ट प्रेमीले हेरिहेका थिए । ब्राजिलियन सिल्भालाई हौसला बढाउन पूर्व फटबल स्टार रोनाल्डो समेत लस भेगास पुगेका थिए ।

तर, खेलमा एक्कासी डरलाग्दो क्षण आयो, जतिबेला सिल्भाले वेदमनको घुडाँमा लात हाने । सिल्भाको प्रहार रोक्ने क्रममा वेदमनको घुँडामा प¥यो, बलिया वेदमनको घुँडाको भित्री भागमा परेपछि सबैको आँखा अगाडि सिल्भाको नलिखुट्टा भाँच्चियो । उनको नलीहाड हँसियाजस्तै बाङ्गो देखे दर्शकले ।

उनी जोडले चिच्याए र डङरङ्ग लडे । तत्काल रेफ्रीले खेल स्थगित गरे र सिल्भालाई अस्पताल दौडाइयो । चिकित्सकहरुका अनुसार उनको सर्जरी त सफल भएको छ तर, पूर्व च्याम्पियन सिल्भाको मार्शल आर्ट करियर अब लगभग सकिएको छ ।

भारतको लागि पाकिस्तान विरुद्ध लड्ने गोर्खालीको ‘निशानी’

छायाँकन सुरु भएको अढाई बर्षपछि नेपाली चलचित्र ‘निशानी’ को निर्माण पुरा भएको छ । धरानका चलचित्रकर्मी प्रेम सुब्बाको प्रस्तुती रहेको ‘निशानी’ भारतको तर्फबाट पाकिस्तान विरुद्ध लड्दा कार्गिलको खालुवारमा ज्यान गुमाएका १४ गोर्खाली सेनाको कथामा बनेको चलचित्र हो । सिक्किमबाट छायाँकन सुरु भएको ‘निशानी’मा सिक्किम सरकारको अनुमतिमा वास्तविक हतियारहरु प्रयोग गरिएको छ ।सिनाई कमर्सियल प्रालिको व्यानरमा निर्मित चलचित्रमा ईण्डियन आईडल प्रसान्त तामाङ, प्रेम सुब्बा, विष्णु चेम्जोङ, किशोर सम्वाहाङफेको साथमा सिक्किममा रहेका गोर्खाली सेनाले समेत अभिनय गरेका छन् ।७५ लाख लगानीमा बनेको ‘निशानी’को निर्देशन बिनोद श्रेङले गरेका छन् । चलचित्रको सार्वजनिक प्रदर्शन चैत्रमा गर्ने तयारी गरिएको छ । तर माघ महिनाबाट भने विभिन्न स्थानमा च्यारेटी गर्ने योजना निर्माणपक्षको छ । माघ ३ मा काठमाण्डौ, माघ १४ मा उर्लाबारी र माघ १६ गते धरानमा च्यारेटी शो हुने छ । चलचित्रको ८० प्रतिशत छायाँकन नेपाल र २० प्रतिशत सिक्किममा गरिएको छ ।चलचित्रमा प्रेमसहित सरोज भण्डारी, किशोर दुङ्माली र निर्देशक श्रेङको लगानी छ ।

विकिनीमा आफ्नै शरीर हेरेर दङ्ग लुइसा

केही समय अघि सम्म उनको शरीर यति आकर्षक हुन्छ भनेर कमैले मात्र सोचेका थिए । तर नियमित व्यायमका कारण मोडल लुइसा जिस्म्यानले आफ्नो शरीरलाई निक्कै आकर्षक बनाएकी छिन् ।विकिनीमा मस्ती गर्दै गर्दा उनले आफ्नो कामुक शरीरलाई सबैसामु प्रदर्शन गर्न कुनै कसर बाँकी राखिनन् । मोडल तथा चर्चित महिला व्यापारी समेत रहेकी लुइसा आफ्नै शरीर हेरेर निक्कै दंग देखिएकी थिइन् । दुबइको एक समुन्द्रमा लुइसाले आफ्नो जवानीलाई पानीमा भिजाएकी हुन् ।

बेकामे बन्दै सिसि क्यामेरा ,कान्तिपुर आज


चीन बन्दैछ बरफको शहर, १० हजार मजदुर एकसाथ खट्दै

चीनको हेलोनजियाङ प्रान्तको हारबिन इलाकामा अहिले आइस एण्ड स्नो फेस्टिबल मनाउने तयारी भइरहेको छ । यो महोत्सवको विषेशता भनेको बरफले बनेका सुन्दर भवनहरु हुन्, जुन आलिसान भवनहरु जस्तै अग्ला र सुन्दर देखिन्छ ।

अहिले यस्ता भवनहरु बनाउने क्रम चलिरहेको छ । बर्फका घरहरुलाई रंगबिरंगी लाइटको मदतले सजाइन्छ । यस्ता भवनहरु बनाउन १० हजार मजदुर दिनरात काममा खटिएका छन् । बरफका घरहरुलाई चम्काउन पोलिसको प्रयोगसमेत गरिन्छ ।यी अलिशान घरहरु बनाउन शोंगहुआ नदीबाट बरफ ल्याइन्छ । नदीबाट ठूला-ठूला बरफका टुक्रा निकालेर घर बनाउन लगिन्छ । 

अधिकांश मजदुरहरुको प्रयागस २ सय ५० किलो वजनको बरफ निकाल्न हुन्छ ।बीबीसीका अनुसार घर बनाउन करिव १ लाख ८० हजार वर्ग मिटर ठोस बरफ प्रयोग गरिन्छ, जब कि १ लाख ५० हजार वर्गमिटर हिउँको प्रयोग हुन्छ । यो उत्सव ५ जनवरीमा सुरु हुन्छ । नयाँ वर्षको पहिलो साता मनाइने यो उत्सव ३० औं संस्करण हो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More